Suvadin, Home

कांग्रेसद्वारा निर्मला हत्याको विरोधमा संसद बैठक अवरुद्ध

बिहीबार प्रतिनिधि सभाको बैठक शुरु भए लगतै कांग्रेस सांसदहरुले उठेर विरोध गरेका हुन्। सभामुख कृष्णबहादुर महराले समय दिएपछि कांग्रेस सांसद दिलेन्द्रप्रसाद बडूले निर्मला पन्तको हत्या दिनानुदिन नाटकीय बन्दै गएको बताए।

काठमाडौं, २८ भदौ – निर्मला पन्तको हत्याको विरोधमा प्रमुख विपक्षी दल नेपाली कांग्रेसले संसद बैठक अवरुद्ध गरेको छ।

बिहीबार प्रतिनिधि सभाको बैठक शुरु भए लगतै कांग्रेस सांसदहरुले उठेर विरोध गरेका हुन्। सभामुख कृष्णबहादुर महराले समय दिएपछि कांग्रेस सांसद दिलेन्द्रप्रसाद बडूले निर्मला पन्तको हत्या दिनानुदिन नाटकीय बन्दै गएको बताए।

उनले भने, ‘अनुसन्धानबाट वास्तविक दोषी पत्ता लगाउने भन्दा पनि राज्य संयन्त्र वास्तविकता ढाकछोप गर्न केन्द्रित रहेको देखिन थालेको छ। यो घटनाले राज्य संरक्षित अपराधको स्वरुप लिइरहेको आभाष हुन थालेको छ।’

यस्तै रोल्पामा तरुण दलका नेताको हत्या भएको र पछिल्लो समय पत्रकारहरुलाई पक्राउ गरिएको भन्दै प्रधानमन्त्रीले संसदमा जवाफ दिनु पर्ने उनले बताए।

सभामुखले सरकारको ध्यानाकर्षण गराउँदै उपयुक्त समयमा जवाफ दिने जानकारी दिए। तर, कांग्रेस सांसदहरुले तत्काल जवाफ दिनुपर्ने भन्दै संसद अवरुद्ध गर।


 

More form the Internet

loading...