Suvadin, Home
Nepal life 2.751M

राष्ट्रपतिको निर्वाचनको मतदान सम्पन्न

राष्ट्रपतिको निर्वाचनमा प्रदेश सभाका ५ सय ५० मध्ये ५ सय ३६ मतदान गरे जना सांसदले मतदान प्रकृयामा भाग लिएका छन्। १३ जना सांसद अनुपस्थित रहे। प्रदेश सभाबाट निर्वाचित दीपक मनाङेले भने राष्ट्रिपति निर्वाचनमा मतदान गर्न पाएनन्।

काठमाडाैं, फागुन २९– राष्ट्रपतिको निर्वाचनको मतदान सकिएको छ। राष्ट्रपतिको निर्वाचनमा प्रदेश सभाका ५ सय ५० मध्ये ५ सय ३६ मतदान गरे जना सांसदले मतदान प्रकृयामा भाग लिएका छन्।

१३ जना सांसद अनुपस्थित रहे। प्रदेश सभाबाट निर्वाचित दीपक मनाङेले भने राष्ट्रिपति निर्वाचनमा मतदान गर्न पाएनन्। उनी ज्यान मार्ने उद्योगको मुद्धामा सर्वोच्चबा दोषी ठहर भएका थिए।

प्रदेश सभाका अनुपस्थित हुने १३ सांसदहरूमा विवेकशील साझा पार्टीबाट रमेश पौडेल, शाुभा शक्या र विराजभक्त श्रेष्ठ रहेका छन्। नेमकिपाबाट सुरेन्द्र गोसाई र सृजना शैँजु रहेका छन्। यसैगरी नयाँ शक्ति पार्टी नेपालबाट हरीशरण आर्चाय, धनमाया पोख्रेल लामा र प्रमेबहादुर तामाङ
रहेका छन्।

राष्ट्रिय जनता पार्टी नेपालका मनिषकुमार सुमनले पनी मतदानमा उपस्थिती जनाएनन्। नेपाली कांग्रेसबाट हीमबहादुर शाही अाएनन्। अन्य दीन पन्त, कृष्णबहार चौधरी र प्रलाद गिरी गोस्वामीहरूले पनी उपस्थिती जनाएनन्। 

संघीय संसदका ३ सय ३४ मध्ये ५ जना सांसद अनुपस्थित रहेका छन्। राष्ट्रपति निर्वाचनमा सहभागिता नहुनेमा डा। बाबुराम भट्टराई, रेशम चौधरी, जीतेन्द्र नाराणदेव, प्रेम सुवाल र रमेश प्रसाद यादव रहेका छन्।

त्यस्तै संघीय संसदका ३ जना सांसद डा. युवराज खतिवडा, रामनारायण विडारी र डा.विमला पौडेल निर्वाचन प्रकृयामा सहभागित हुन पाएनन्।


 

More form the Internet

loading...