Suvadin, Home

राष्ट्रपति भण्डारीद्वारा पशुपतिनाथ र वासुकी मन्दिरमा पञ्चामृत स्नानसहित विशेष पूजा

राष्ट्रपति भण्डारीले सोमबार पारेर पशुपतिनाथ मन्दिरमा रु ५ हजार १ सय को रसिद काटी विशेष पूजा गरेको पशुपति क्षेत्र विकास कोषले जनाएको छ। उनले पशुपति दर्शन विधिअनुसार मूल मन्दिर परिक्रमा गरी कामु मूल भट्ट रामकान्त भट्टबाट विशेष पूजा गराएको हो। 

काठमाडौं, १० वैशाख – दोश्रो पटक राष्ट्रपति पदमा निर्वाचित भएपछि विद्यादेवी भण्डारीले पशुपतिनाथ र वासुकी मन्दिरमा पञ्चामृत स्नानसहित विशेष पूजा गरेकी छिन्। 

राष्ट्रपति भण्डारीले सोमबार पारेर पशुपतिनाथ मन्दिरमा रु ५ हजार १ सय को रसिद काटी विशेष पूजा गरेको पशुपति क्षेत्र विकास कोषले जनाएको छ। उनले पशुपति दर्शन विधिअनुसार मूल मन्दिर परिक्रमा गरी कामु मूल भट्ट रामकान्त भट्टबाट विशेष पूजा गराएको हो। 

मन्दिरमा पूजाआजापछि राष्ट्रपति भण्डारी कोषको कार्यालय पुगेर पशुपति क्षेत्रमा सञ्चालित राष्ट्रिय गौरवको आयोजना, भूकम्पपछिको पुनःनिर्माणलगायत गतिविधिका बारेमा जानकारी लिएको कार्यकारी निर्देशक रमेशकुमार उप्रेतीले जानकारी दिएका छन्। 

कोषका पदाधिकारीसँग कुरा गर्दै उनले विश्वका वैदिक सनातन धर्मावलम्बीको आस्थाको केन्द्र पशुपति क्षेत्रलाई अझै व्यवस्थित बनाउन र पशुपति क्षेत्रको खाली जग्गामा धार्मिक प्रजातिका वृक्ष रोपण गर्न सुझाव दिएकी छिन्। 

उक्त अवसरमा राष्ट्रपति भण्डारीलाई कोषका सदस्य सचिव डा. प्रदीप ढकालले पशुपति क्षेत्रमा भइरहेका गतिविधिका बारेमा जानकारी गराए। भण्डारी पहिलो पटक राष्ट्रपति निर्वाचित भएपछि पनि पशुपतिनाथ र वासुकी मन्दिरमा विशेष पूजा गरेकी थिइन्। त्यसबेला उनले पहिलो महिनाको तलब पशुपतिनाथलाई अर्पण गरेको घोषणा गरेकी थिइन्।


 

More form the Internet

loading...