Suvadin, Home

फेरि आलोचनामा उत्रिए ट्रम्प
रंगभेद, ‘ह्वाइट सुप्रिमेसी’, घृणा र कट्टरतालाई अमेरिकामा स्थान छैन

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पछिल्लो समय बढ्दै गएको देखिएको घृणा र ‘ह्वाइट सिप्रिमेसी’ (गोरा जातिको बर्चस्व) को आलोचना गरेका छन् ।

टेक्सास र ओहायोमा केही घण्टाको अन्तरालमा भएको दुई ‘मास सुटिङ्ग’ कम्तिमा ३१ जनाको ज्यान गएपछिको अवस्थाबारे सार्वजनिक सम्बोधनमा ट्रम्पले यस्ता घटनाको निन्दा गरेका हुन् ।

ट्रम्पले मानसिक स्वास्थ्य र बन्दुक नियन्त्रण सम्बन्धी हाल कायम रहेको व्यवस्थालाई एकीकृत रुपमा परिमार्जन गर्नु पर्ने बताएका छन् । सार्वजनिक स्थानमा अन्धाधुन्ध गोली चलाउनेहरुलाई मृत्युदण्ड दिनु पर्ने ट्रम्पले बताएका छन् । बन्दुक सम्बन्धी कानून परिमार्जनका लागि सबै दल एक हुनु पर्नेमा उनले जोड दिएका छन् ।

अमेरिकामा सार्वजनिक स्थानमा हुने गोलीकाण्ड बढ्दै गएका बेला बन्दुक सम्बन्धी कानून अति कडा बनाउनु पर्ने र बन्दुकको अनुमतिको प्रक्रियामा कडाई गर्ने खालको कानून बनाउनु पर्नेमा माग हुँदै आएको छ । डेमोक्र्याटिक पार्टीका नेताले त्यसको वकालतमा साथ दिएका छन् । तर राष्ट्रपति ट्रम्प भने बन्दुक सम्बन्धी कानून अति कडा बनाउने पक्षमा छैनन् ।

राष्ट्रपति कार्यालय ह्वाइट हाउसमा सोमबार बोल्दै ट्रम्पले भनेका छन्, ‘मानसिक बिरामी र घृणाले आम हत्याका लागि उक्साउने गरेको छ ।’ तर उनले कंग्रेसमा पेश भएको बन्दूक नियन्त्रण सम्बन्धी प्रस्तावको समर्थन भने गरेका छैनन् ।

ट्रम्पले अमेरिकामा रंगभेद, कट्टरता र ह्वाइट सुप्रिमेसीका लागि स्थान नरहेको बताए । तर ट्रम्पमाथि नै रंगभेदको आरोप लाग्दै आएको छ । उनले सिनेटका सदस्य ल्याटिन तथा अफ्रिकी मुलक नेताहरुलाई लक्षित गरी केही समयअघि मात्रै रंगभेदी टिप्पणी गरेका थिए । जसको तीव्र आलोचना हुँदै आएको थियो ।

टेक्सास र ओहायोमा भएको घटनामा राष्ट्रपति ट्रम्पले गरेका टिप्पणीको प्रभाव आक्रमणकारीमा परेको कतिपयले आरोप लगाएका थिए । दुवै स्थानमा आक्रमण गर्ने गोरो जातिका व्यक्ति हुन् ।

यसअघि शनिबार राति टेक्सास र ओहायोमा भएको गोलीकाण्डमा ३१ जनाको ज्यान गएको थियो । 


 

More form the Internet

loading...