Suvadin, Home

प्रदेश नम्बर-२ काे स्थानीय चुनाव
एक नगरपालिकासहित २ सय ४९ वडाको मत परिणाम सार्वजनिक

सप्तरी जिल्लाका १८, सिरहाका ३५, धनुषाका ४२, महोत्तरीका ३०, सर्लाहीका ४४, रौतहटका ३६, बाराका ३१ र पर्सा जिल्लाका १३ वटा वडाको मत परिणाम सार्वजनिक भएको हो। 
वीरगञ्जको ठाकुरराम बहुमुखी क्याम्पसमा बुधबार महानगरपालिकाको मतगणना गरिँदै। तस्वीरः विजयकुमार महतो/रासस

काठमाडौं, असोज ४ - प्रदेश नम्बर-२ का आठ जिल्लामा असोज २ गते सम्पन्न स्थानीय तहको निर्वाचनको मतगणना गर्ने कार्य जारी रहेको छ। मतगणना भइरहेका १३५ स्थानीय तहमध्ये धनुषा जिल्लाको हंशपुर नगरपालिकाको मतगणना कार्य सम्पन्न भई मत परिणाम सार्वजनिक भएको निर्वाचन आयोगले जनाएको छ।

हंशपुर नगरपालिकाको प्रमुख र उपप्रमुख दुवै पदमा राष्ट्रिय जनता पार्टी नेपालका उम्मेदवार विजयी भएको आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिएका छन्।

मतगणना जारी रहेका १ सय ३४ स्थानीय तहमा शान्तिपूर्ण रुपमा मतगणना कार्य सञ्चालन भइरहेको निर्वाचन आयोगस्थित संयुक्त निर्वाचन सञ्चालन केन्द्रले जनाएको छ। २ सय ४९ वडाको मत परिणाम प्राप्त भइसकेको छ। 

सप्तरी जिल्लाका १८, सिरहाका ३५, धनुषाका ४२, महोत्तरीका ३०, सर्लाहीका ४४, रौतहटका ३६, बाराका ३१ र पर्सा जिल्लाका १३ वटा वडाको मत परिणाम सार्वजनिक भएको हो। 

मतगणना कार्यलाई सकेसम्म छिटो सम्पन्न गर्न विभिन्न मतगणनास्थलमा निर्वाचन अधिकृतले थप मतगणना टोली गठन गरी मतगणना कार्य अघि बढाइरहेको जानकारी प्राप्त भएको छ। पछिल्लो समय ३३२ टोली मतगणनाका लागि खटिएको आयोगले जनाएको छ। 

एकाध ठाउँमा मतगणना अवरुद्ध भएकामा मतगणना कार्य सञ्चालन गर्नका लागि सर्वदलीय सहमतिको प्रयास भइरहेको जानकारीसमेत आयोगलाई प्राप्त भएको छ। 

सप्तरी जिल्लाको राजविराज नगरपालिकाको वडा नंं १५ मा राजपाका वडाध्यक्षका उम्मेदवारको निधन भई स्थगन भएको निर्वाचन भोलि असोज ५ गते मतदान हुने कार्यक्रम रहेको छ। 


 

More form the Internet

loading...