Suvadin, Home

नेपाल तरुण दलको प्रशिक्षणमा कांग्रेस नेताहरूको गर्जन, 'कांग्रेस अघि बढिसक्यो, अब...'

निर्वाचनपछि पार्टीले खासै गतिविधि गर्न नसकिरहेका बेला नेपाल तरुण दलले कार्यकर्तालार्इ एकताबद्ध बनाउन देशव्यापी प्रशिक्षण शुरू गरेको हो। कार्यक्रमका वक्ताहरूले नेपाली कांग्रेस अघि बढिसकेकाले अब कसैले रोक्न नसक्ने बताएका छन्। कांग्रेसको जनाधार कमजोर नभएको उनीहरूको तर्क थियो।
प्रदेश नम्बर–१ को प्रशिक्षण।

देबु बानियाँ, झापा, चैत २५ – नेपाल तरुण दलको प्रदेश स्तरीय प्रशिक्षण कार्यक्रम आज झापाको बिर्तामोडबाट शुरू भएको छ।

निर्वाचनपछि पार्टीले खासै गतिविधि गर्न नसकिरहेका बेला नेपाल तरुण दलले कार्यकर्तालार्इ एकताबद्ध बनाउन देशव्यापी प्रशिक्षण शुरू गरेको हो।

अाइतबार एक विशेष समारोहको बीच प्रदेशस्तरीय प्रशिक्षण प्रारम्भ भयो। नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले कार्यक्रमको उद्घाटन गरेका छन्।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि सिटौलाले तरुण दलले अब संगठन निर्माणमा सक्रिय भएर लाग्नु पर्ने बताएका छन्। तरूण दलको अगुवार्इमा कांग्रेसलार्इ पुनः जनताको शक्तिका रूपमा स्थापित गर्नुपर्ने सिटाैलाको धारणा छ।

अन्य वक्ताहरूले नेपाली कांग्रेस अघि बढिसकेकाले अब कसैले रोक्न नसक्ने बताएका छन्। कांग्रेसको जनाधार कमजोर नभएको उनीहरूको तर्क थियो।

कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य मिनेन्द्र रिजाल, महेन्द्र यादव, सुरेन्द्र पाण्डे, मीन विश्वकर्मा, केशवकुमार बुढाथोकी, गुरुराज घिमिरे, सरिता प्रसाईं, लक्ष्मी परियार लगायतले बोलेका थिए।

साथै युवा नेता उदयशमशेर राणा, झापा पार्टी सभापति उद्धव थापा, जन्मजय तिमिल्सिना, दीपक खड्का, उत्तम चापागाईं र विद्धान गुरुङ लगायतले बोलेका थिए।

कार्यक्रमको सभापतित्व तरुण दलका अध्यक्ष जीतजंग बस्नेतले गरेका थिए। नेपाल तरुण दलका महासचिव भूपेन्द्रजंग शाहीका अनुसार झापादेखि शुरू भएको कार्यक्रम वैशाख १६ गते डडेल्धुरामा सम्पन्न हुने छ।

तरुण दलले सातै प्रदेशमा गर्न लागेको 'प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रमले तरुण दल र नेपाली कांग्रेसलाई नयाँ उर्जा र शक्ति प्रदान गर्ने शाहीको विश्वास छ। शाहीले तरुण दल अब संगठन निर्माणमा ससक्त ढंगले अगाडि बढ्न लागेको जानकारी दिए।

फागुन २२, २३ र २४ गते नगरकोटमा जिल्ला अध्यक्षहरुको एेतिहासिक राष्ट्रिय भेला गरेको तरुण दलले 'सम्पूर्ण तरुण प्रशिक्षित-सम्पूर्ण युवा संगठित' अभियान अन्तर्गत देशैभर प्रशिक्षण अभियान सञ्चालन गर्ने भएको हो।

नेपाल तरुण दल केन्द्रीय समितिको आयोजना र जिल्ला समितिको संयोजनमा 'प्रदेशस्तरीय प्रशिक्षण' कार्यक्रम सातै प्रदेशमा हुने छ। प्रशिक्षण कार्यक्रममा जिल्ला समितिका पदाधिकारी, क्षेत्रीय सभापति, नगर सभापति र केन्द्रीय पार्सद सहभागी हुनेछन्।


 

More form the Internet

loading...