Suvadin, Home

प्रदेशको नामाकरण गरी राजधानी तोक्न नेपाली कांग्रेसको माग

मुलुकको शान्ति, सुरक्षामा सरकार चुकेको आरोप लगाउँदै प्रवक्ता शर्माले प्रदेश सरकारको नाम र राजधानी नतोकिनु, वित्त आयोग नबनाएर जथाभावी कर लगाउँदै जानु सरकारको गम्भीर कमजोरी भएको टिप्पणी गरेका छन्।
प्रवक्ता शर्मा।

नेपालगञ्ज, ६ असोज – नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले संविधानको सफल कार्यान्वयनका लागि सरकारले लोकतान्त्रिक पद्धति र चरित्र छाड्न नहुने बताएका छन्। 

नेपाल प्रेस युनियन बाँकेले शनिबार गरेको पत्रकार सम्मेलनमा प्रवक्ता शर्माले संविधानको प्रयोगमा शासकले लोकतान्त्रिक चरित्र प्रदर्शन गर्न सकेनन् भने त्यो सफल नहुने धारणा राखेका हुन्, ‘यो कुरा अहिलेको सरकारले बुझ्नुपर्छ’ – उनले भने।

मुलुकको शान्ति, सुरक्षामा सरकार चुकेको आरोप लगाउँदै प्रवक्ता शर्माले प्रदेश सरकारको नाम र राजधानी नतोकिनु, वित्त आयोग नबनाएर जथाभावी कर लगाउँदै जानु सरकारको गम्भीर कमजोरी भएको टिप्पणी गरेका छन्। 

शर्माले आफ्नो दलले शालिन प्रतिपक्षीको भूमिका निभाउँदै आएको र बन्द, नाराबाजी, जिन्दावाद, मुर्दावाद गरेरै प्रतिपक्षीको भूमिका निर्वाह गरेको ठहरिने मान्यता राखिनु नहुने बताएका छन्।

प्रवक्ता शर्माले कांग्रेस अहिले आफ्नो सांगठनिक संरचना विस्तारमा सक्रिय रहेको र मुलुकभरिकै कार्यकर्ताको सुझावका आधारमा पार्टीको वैधानिक ढाँचा चाँडै निर्माण हुने बताएका छन्।


 

More form the Internet

loading...