Suvadin, Home

हेटौंडा नै प्रदेश नम्बर ३ को राजधानी बन्छ : मुख्यमन्त्री पौडेल

मुख्यमन्त्री पौडेलले लगभग काम नरोकिने गरी कानुन निर्माण गरिसकिएको बताए।
फाइल फाेटाे

काठमाडौं, २६ मंसिर – प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमणि पौडेलले आगामी पुसभित्रै प्रदेशको नामाकरण गर्ने दाबी गरेका छन्। उनले हेटौंडा नै प्रदेशको राजधानी रहने बताएका छन्।

बुधबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै मुख्यमन्त्री पौडेलले भने,  ‘आउने पुसभित्रै प्रदेश नम्बर ३ को नामाकरण गर्छौं । तर अहिले राजधानी तलमाथि गरियो भने एक वर्ष फेरि भौतिक संरचना तयार पार्नकै लागि समय खेर जान्छ । हामीले नसकेर नामाकरण नगरेको होइन्। हामी यो जम्माजम्मी दश महिना भुईँ र सुकुलमा बसेर काम गरेका हौं। यो अवधिमा हामीले सारा संरचना तयार गर्यौं’, मुख्यमन्त्री पौडेलले भने, ‘हामी बल्ल ट्रयाकमा हिँडेका छौं।'

‘हाम्रो राजधानी अहिले जहाँ छ, जसरी काम भैरहेको छ। भौतिक संरचनासहित त्यहाँ सेटअप छ। अब त्यो ठाउँबाट राजधानी सार्नेबित्तिकै हामीले यो वर्ष गरिएका योजनाहरुलाई बाधा पुर्याउँछ’, मुख्यमन्त्री पोडेलले भने, ‘१३ वटै जिल्लामा हाम्रा कार्यालयहरु स्थापना भैसकेका छन् । डिभिजन कार्यालयहरु सबै बनिसकेका छन् ।’

मुख्यमन्त्री पौडेलले लगभग काम नरोकिने गरी कानुन निर्माण गरिसकिएको बताए।


 

More form the Internet

loading...