Suvadin, Home

राष्ट्रनिर्माताको रुपमा पृथ्वीनारायण शाहको सम्मान हुन्छ : गृहमन्त्री निधि (भिडियोसहित)

उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले राष्ट्रनिर्माताको रुपमा पृथ्वीनारायण शाहको सम्मान गरिने बताएका छन्। पत्रकार विजयकुमार पाण्डेले गृहमन्त्री निधिको भनाइ युट्युवमार्फत सार्वजनिक गरेका हुन्।
विमलेन्द्र निधि।

काठमाडौं, पुस २५


उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले राष्ट्रनिर्माताको रुपमा पृथ्वीनारायण शाहको सम्मान गरिने बताएका छन्।

पत्रकार विजयकुमार पाण्डेले गृहमन्त्री निधिको भनाइ युट्युवमार्फत सार्वजनिक गरेका हुन्।

पृथ्वी जयन्ती नजिकिँदै जाँदा मन्त्रीस्तरबाट आएको यो पहिलो सकारात्मक धारणा हो। सरकारले पृथ्वी जयन्तीलाई राष्ट्रिय एकता दिवस मान्दै विदा सार्वजनिक विदा दिने गरेको थियो।  

तर, पछिल्लो वर्ष यो दिवसमा सरकारले सार्वजनिक विदा दिन छोडेको छ। शाहको जन्मजयन्ती मनाउन छोडेको छ।

निधिले पृथ्वीनारायण शाह र नेपाल पर्याय भएको बताए। ‘आज जुन नेपाल छ, त्यो पृथ्वीनारायण शाहले बनाएको नेपाल हो,’ निधिले भने, ‘हामीले यो सत्य बिर्सिनु हुँदैन।’

नेपालको निर्माण गर्ने शासकको रुपमा शाहलाई सम्मान गर्नपर्ने उनले बताए। ‘उनी जुनबेला राजा थिए, संसारभरिमा सामन्ती शासन थियो, त्यो बेला गोर्खाबाट विस्तार भएको हो नेपाल,’ उनले भने।

हेर्नुहोस्, भिडियो


 

More form the Internet

loading...