Suvadin, Home
Nepal life 2.266M

समृद्धिका लागि तीनवटै सरकार प्रतिबद्ध हुनुपर्छः अध्यक्ष प्रचण्ड

नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संविधानको सफल कार्यान्वयन र समृद्धिका लागि मुलुकका तीनवटै सरकार प्रतिबद्ध भएर अगाडि बढ्नुपर्ने बताएका छन्।

पोखरा, २१ कात्तिक – नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संविधानको सफल कार्यान्वयन र समृद्धिका लागि मुलुकका तीनवटै सरकार प्रतिबद्ध भएर अगाडि बढ्नुपर्ने बताएका छन्।

प्रेस चौतारी र प्रेस सेन्टर गण्डकी प्रदेशले आज पोखरामा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उनले प्रदेश सरकार प्रभावकारी हुन नसके मुलुकमा भएका सबै उपलब्धि प्रभावित हुने बताए। सङ्घीयतालाई सफल र प्रभावकारी बनाउन सबैको सहयोग, सहकार्य अपरिहार्य भएको उल्लेख गर्दै उनले जनताले अनुभूति गर्ने गरी काम गर्न सरकारलाई सुझाव दिए।

संविधानले व्यवस्था गरेअनुरुप असोज ३ गतेभित्र सबै प्रकारका ऐन बनाउनाका साथै छिमेकी मुलुक भारत र चीनसँगको सम्बन्ध सुदृढ बनाउन वर्तमान सरकार सफल भएको उनले बताए।

अन्तर्राष्ट्रिय जगत्मा राजनीतिक परिवर्तन भएसँगै पुराना कर्मचारीको नेतृत्व तहलाई पूरै हटाइन्छ र नयाँ प्रणालीलाई आत्मसात् गर्ने कर्मचारी ल्याउने गरेको बताउँदै उनले भने, 'नयाँ संरचनाअनुरुप सरकारलाई सहयोग गरी सङ्घीय गणतन्त्रलाई बलियो बनाउनु पर्दछ।'


 

More form the Internet

loading...