Suvadin, Home

Cover Image

'बाँस्कोटाले राजीनामा दिएर मात्र पुग्दैन, कानुनी दायरामा ल्याउनु पर्छ'

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले राजीनामा दिएर मात्र नपुग्ने बताएको छ ।

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले राजीनामा दिएर मात्र नपुग्ने बताएको छ । प्रतिनिधिसभाको बिहीबारको बैठकमा कांग्रेस सचेतक पुष्पा भुसालले ७० करोड कमिसन मागेको घटनामा बाँस्कोटाको राजीनामाले मात्र नपुग्ने भई उनलाई भ्रष्टाचारको कानुनी दायरामा ल्याएर कारबाही गर्नु पर्ने माग गरेकी हुन् ।

प्रधानमन्त्री केपी ओलीले ललिता निवास जग्गा प्रकरणमा जग्गा फिर्ता गर्दा केहीलाई कारबाही नगरेझै राजीनामा दिँदैमा बाँस्कोटालाई उन्मुक्ति दिन नपाइने बताएकी हुन् । 'भ्रष्टाचारसँग जोडिएको यो विषयमा प्रधानमन्त्रीले सदनलाई जानकारी गराउन पनि कांग्रेस माग गर्दछ,' उनले भनिन्।

'यो विषयमा निष्पक्ष, तटस्थ कानुनी कारबाहीको दायराभित्र छानविन र कानुनी कारबाहीको दायराभित्र ल्याउँछु भन्ने प्रतिवद्धता प्रधानमन्त्रीज्यूले यही सदनभित्र आएर दिन प्रमुख प्रतिपक्षी दलको माग दह्रो ढंगबाट छ, सभामुख महोदय,' भुसालले भनिन् ।


 

More form the Internet

loading...