Suvadin, Home

प्रचण्ड अाज भारत भ्रमणमा जाँदै

दिउँसो साढे ३ बजे एयर इन्डियाको विमानमार्फत् उनी भारत प्रस्थान गर्न लागेको जानकारी प्रचण्डको सचिवालयले  दिएको छ। भ्रमण टोलीमा पत्नी सीता दाहालसँगै छोरी गंगा, सचिवालयका अन्य केहि सदस्यसहित प्रचण्ड नयाँ दिल्ली जान लागेका हुन्। दुबै छिमेकको राजनीतिक भ्रमण गर्ने घोषणा गर्ने क्रममा प्रचण्ड भारत जान लागेका हुन्।
फाइल तस्वीर।

काठमाडाैं, २१ भदौ – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ अाज भारत जाँदैछन्। भारत सरकारको निमन्त्रणमा अध्यक्ष प्रचण्ड बिहिबार भारत जान लागेका हुन्।

दिउँसो साढे ३ बजे एयर इन्डियाको विमानमार्फत् उनी भारत प्रस्थान गर्न लागेको जानकारी प्रचण्डको सचिवालयले  दिएको छ। भ्रमण टोलीमा पत्नी सीता दाहालसँगै छोरी गंगा, सचिवालयका अन्य केहि सदस्यसहित प्रचण्ड नयाँ दिल्ली जान लागेका हुन्।

दुबै छिमेकको राजनीतिक भ्रमण गर्ने घोषणा गर्ने क्रममा प्रचण्ड भारत जान लागेका हुन्। उनी भदौ २४ गते नै स्वदेश फर्किने कार्यक्रम छ। यसअघि उनको सचिवालयले प्रचण्ड २६ गते मात्र स्वदेश फर्किने कार्यक्रम बनाएका थिए।

उनी दिल्ली पुगेलगत्तै बिहीबारदेखि नै भेटघाट तथा छलफलमा व्यस्त हुनेछन्। उनी आजै दूतावासले आयोजना गरेको छलफल कार्यक्रममा सहभागी हुनेछन्।

शुक्रबार उनले इन्डियन काउन्सिल अफ वर्ल्ड अफेयर (आईसीडब्लूए) को कार्यक्रममा सम्बोधन गर्ने कार्यक्रम छ। प्रचण्डले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगै त्यहाँका मन्त्रीहरुसँग महत्त्वपूर्ण भेटघाट गर्ने तयारी छ। प्रचण्डले मोदी र त्यहाँका मन्त्रीसँग गर्ने भेटघाटलाई चासोका साथ हेरिएको छ। नेपाल फर्किएको ६ दिनपछि उनी चीन भ्रमणमा जाने कार्यक्रम रहेको उनको सचिवालयले जनाएको छ।
 


 

More form the Internet

loading...