Suvadin, Home

Cover Image

सरकारका निर्णय पालना गरेर कोरोनाविरुद्ध लडौं : प्रचण्ड 

नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कोरोना संक्रमणविरुद्ध लड्न सरकारका निर्णयको सबैले पालना गर्नु पर्ने बताएका छन् ।

काठमाडौं । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कोरोना संक्रमणविरुद्ध लड्न सरकारका निर्णयको सबैले पालना गर्नु पर्ने बताएका छन् । साथै उनले  पार्टीका कार्यकर्तामा पार्टीले लिएका नीतिगत तथा व्यवहारिक निर्णयलाई दृढतापूर्वक पालना गर्नसमेत आग्रह गरेका छन् ।

प्रचण्डले आइतबार विज्ञप्ति जारी गरी विश्वव्यापी महामारकिा रूपमा देखापरेको कोरोना भाइरसको संक्रमणबाट बच्न सावधानी र चेतना अभिवृद्धि गर्न सिंगो पार्टी पंक्ति र जनसमुदायलाई अपिल गरेका हुन् ।

अवश्यक औषधि, उपकरण र दैनिक उपभोग्य वस्तुहरूको आपूर्ति व्यवस्थालाई सहज तुल्याउने गरी पहल बढाउन उनको सरकारलाई आग्रह छ । राष्ट्रिय एकता र उच्च मनोबलका साथ महामारीको सामना गपर्ने उनको भनाई छ ।


 

More form the Internet

loading...