Suvadin, Home

राष्ट्रपति पुटिनका आलोचक रहेका एक रुसी पत्रकारको गोलीहानी हत्या

उनको हत्या युक्रेनको राजधानी किभमा मङ्गलबार साँझ भएको समाचारमा जनाइएको छ। ती पत्रकारले युक्रेनबाट क्राइमिया टुक्रिने समयमा पुटिनको भूमिकाको निकै विरोध गरेका थिए। राजधानी मस्कोमा रहेर पत्रकारिता गरिरहेका उनी त्यसपछि भागेर प्राग पुगेका र पछि किभमा बस्दै आएका थिए। उनलाई के कस्तो असुरक्षा थिए भन्ने बारेमा केही खुलेको छैन। उनको हत्यापछि प्रहरीेले अनुसन्धान सुरु भएको बताएको छ।

किभ, १६ जेठ – रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका आलोचक भनी पहिचान बनाएका एकजना रुसी पत्रकारको गोली हानी हत्या गरिएको समाचार छ।

उनको हत्या युक्रेनको राजधानी किभमा मङ्गलबार साँझ भएको समाचारमा जनाइएको छ। ती पत्रकारले युक्रेनबाट क्राइमिया टुक्रिने समयमा पुटिनको भूमिकाको निकै विरोध गरेका थिए।

राजधानी मस्कोमा रहेर पत्रकारिता गरिरहेका उनी त्यसपछि भागेर प्राग पुगेका र पछि किभमा बस्दै आएका थिए। उनलाई के कस्तो असुरक्षा थिए भन्ने बारेमा केही खुलेको छैन। उनको हत्यापछि प्रहरीेले अनुसन्धान सुरु भएको बताएको छ।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको विरुद्धमा उनले केही समय अघि निकै समाचारहरु लेखेका थिए। उनी रुसका एकजना चर्चित र खोज पत्रकारको रुपमा काम गरिरहेका बताइएको थियो।

प्रहरीले अहिले नै केही भन्न सक्ने अवस्था नरहेको भन्दै तर अहिलेसम्मको अवस्था हेर्दा उनको निकै पहिलादेखि नै पछ्याएर र सुनियोजित रुपमा हत्या भएको संकेत मिलेको जनाएको छ।


 

More form the Internet

loading...