Suvadin, Home

स्थानीय निकायको चुनाव घोषणा गर्न राप्रपाको माग

राष्ट्रिय प्रजातन्त्र पार्टीले अभिलम्ब स्थानीय तहको निर्वाचन घोषणा गर्न सरकारसँग माग गरेको छ। अध्यक्ष कमल थापाले वैशाखभित्रै स्थानीय तहको निर्वाचन हुने गरी मिति घोषणा गर्न सरकारसँग माग गरेका हुन्। उनले स्थानीय, प्रदेश र संघको निर्वाचन एकैचोटि गर्न सम्भव नहुने धारणा पनि राखे।
कमल थापा।

काठमाडौं, पुस १२


राष्ट्रिय प्रजातन्त्र पार्टीले अभिलम्ब स्थानीय तहको निर्वाचन घोषणा गर्न सरकारसँग माग गरेको छ।

अध्यक्ष कमल थापाले वैशाखभित्रै स्थानीय तहको निर्वाचन हुने गरी मिति घोषणा गर्न सरकारसँग माग गरेका हुन्।

उनले स्थानीय, प्रदेश र संघको निर्वाचन एकैचोटि गर्न सम्भव नहुने धारणा पनि राखे।

राष्ट्रिय प्रजातान्त्रिक महिला संगठनले काठमाडौंमा आयोजना गरेको एक कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष थापाले २०७४ साल माघभित्र तीनै तहको निर्वाचन गर्न पनि स्थानीय तहको निर्वाचन वैशाखमै गर्नुपर्ने उल्लेख गरे।

अध्यक्ष थापाले सरकारले निर्वाचन गराउन आलटाल गरिरहेको आरोप पनि लगाए। स्थानीय तह पुनःसंरचना आयोगले तयार पारेको प्रतिवेदन नबुझेबाट सरकार निर्वाचन गराउन तयार नदेखिएको पुष्टि भएको दावी उनले गरे।

अध्यक्ष थापाले स्थानीय तह पुनःसंरचना आयोगको प्रतिवेदन बुझेर मुलुकमा निर्वाचनको वातावरण बनाउन पनि सरकारलाई सुझाव दिए।

कार्यक्रममा बोल्दै पार्टीका राष्ट्रिय अध्यक्ष पशुपतिशमशेर राणाले मुलुकलाई हिन्दु राष्ट्र बनाएरै छाडने उदघोष गरे।

उनले हिन्दु राष्ट्र कायम गर्नका लागि जनमत संग्रहमा जान सबै दल तयार हुनुपर्ने जिकीर पनि गरे।

हिन्दु राष्ट्र स्थापना गर्ने लक्ष्यसहित थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल र राणा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी एक महिना अघि एकीकरण भएको हो।


 

More form the Internet

loading...