Suvadin, Home

सरकारमाथि रवीन्द्र मिश्रको कटाक्ष,
‘तिमीहरू कम्युनिष्टका नाममा कलंक हौं, धिक्कार छ तिमीहरूलाई’

मिश्रले लेखेका छन्, ‘नेता र नेता पत्नि बिमारी भए दिल्ली र सिंगापुरमा उपचार। अनि न्यायको भिख माग्ने गंगामाया अनि तराई, पहाड, हिमालका विपन्न जनताको स्वास्थ सेवाका लागि निःस्वार्थ लड्ने डा. गोविन्द केसीलाई चाहिँ तिमीहरू मार्न चाहान्छौं? धिक्कार छ, तिमीहरूलाई। तिमीहरू कम्युनिष्टको नाममा कलंक हौं।’
रवीन्द्र मिश्र।

काठमाडौं, १८ असार – विवेकशील साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले वर्तमान वामपन्थी सरकारको नियतमाथि सीधा प्रश्न उठाउँदै कम्युनिष्टका नाममा कलंक भएको आरोप लगाएका छन्। 

सोमबार मध्यान्ह सामाजिक सञ्जाल फेसबुकमा स्टाटस पोस्ट गर्दै संयोजक मिश्रले असल भनिएका केही नेतालाई पनि आफ्नो उपस्थितिको औचित्य पुष्टि गर्न चेतावनी दिएका छन्।

मिश्रले लेखेका छन्, ‘नेता र नेता पत्नि बिमारी भए दिल्ली र सिंगापुरमा उपचार। अनि न्यायको भिख माग्ने गंगामाया अनि तराई, पहाड, हिमालका विपन्न जनताको स्वास्थ सेवाका लागि निःस्वार्थ लड्ने डा. गोविन्द केसीलाई चाहिँ तिमीहरू मार्न चाहान्छौं? धिक्कार छ, तिमीहरूलाई। तिमीहरू कम्युनिष्टको नाममा कलंक हौं।’

साथै संयोजक मिश्रले असल भनिएका नेताहरुमाथि पनि प्रश्न सोझ्याएका छन्। उनले प्रश्न गरेका छन्, ‘कहाँ छन् खुब असल भनिएका लालबाबु पण्डित, गोकर्ण विष्ट र रबिन्द्र अधिकारीहरू? के निन्द्रा त लाग्छ तपाईहरूलाई आजभोलि?’


 

More form the Internet

loading...