Suvadin, Home

तदर्थ समिति गठनका लागि राजपाद्वारा निर्देशिका तयार 

राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले पार्टीको अधिवेशन नहुन्जेलसम्मका लागि तदर्थ समिति गठन निर्देशिका बनाएको छ ।

काठमाडौं । राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले पार्टीको अधिवेशन नहुन्जेलसम्मका लागि तदर्थ समिति गठन निर्देशिका बनाएको छ ।

अध्यक्ष मण्डलको हिजो (शुक्रबार) बसेको बैठकले उक्त निर्देशिका तयार पारेको हो । पार्टी तथा वर्गीय संगठनका गतिविधिहरू तीव्र, क्रियाशील, प्रभावकारी चुस्तदुरुस्त र नियमित रुपमा सञ्चालन गर्न पार्टीले निर्देशिका बनाएको जनाएको छ । 

२२ बुँदे निर्देशकामा वडादेखि जिल्लास्तरसम्मका पार्टी समितिहरु सम्मेलन गरी गठन गरिने बताइएको छ । वर्गीय संगठनको पनि तदर्थ समिति गठन गरिने राजपाले जनाएको छ ।

सम्मेलन तयारीका लागि आगामी कात्तिक १९ गते बैठक बस्ने कार्यतालिका निर्देशिकामा उल्लेख गरिएको छ । यस्तै, सबै वडा सम्मेलन कात्तिक २४ गते, सबै पालिका सम्मेलन कात्तिक २६ गते, सबै क्षेत्रीय सम्मेलन कात्तिक २८ गते र सबै जिल्ला सम्मेलन कात्तिक ३० गते गर्ने राजपाले मिति तय गरेको छ ।


 

More form the Internet

loading...