Suvadin, Home

अन्तिम भनिएकाे बार्ता सफल भएपनि राजपा अान्दाेलनमा जाने, कस्ताे छ शक्ती?

सरकारसँग भएको वार्ता विना निष्कर्षमा टुङगीएपछि राष्ट्रिय जनता पार्टी (राजपा)ले चुनावविरोधी आन्दोलन घोषणा गर्ने तयारी गरेको छ। सत्तारुढ कांग्रेस र माओवादी केन्द्रसँग आइतबार सिंहदरबारमा भएको छलफल बिना निष्कर्ष सकिएपछि राजपाले आन्दोलनमै जान तयारी गरेको हो। 
राजपाका नेताहरु

काठमाडौं, जेठ २८– सरकारसँग भएको वार्ता विना निष्कर्षमा टुङगीएपछि राष्ट्रिय जनता पार्टी (राजपा)ले चुनावविरोधी आन्दोलन घोषणा गर्ने तयारी गरेको छ। सत्तारुढ कांग्रेस र माओवादी केन्द्रसँग आइतबार सिंहदरबारमा भएको छलफल बिना निष्कर्ष सकिएपछि राजपाले आन्दोलनमै जान तयारी गरेको हो। 

सत्ता घटकसँगको वार्तापछि राजपा अध्यक्ष मण्डलका सदस्य अनिल झाले भने, ’निष्कर्ष निस्कन्छ कि भनेर हामी आएका थियौं तर सत्तारुढ दलको अवस्था हिजोको जस्तै देखियो । सरकार संविधान संशोधन, त्यसबाहेक व्यवहारिकरुपमा मिलाउनुपर्ने कुरा र जनसंख्याको अनुपातमा तराईमा स्थानीय तहको संख्या बढाउने कुरामा निरीह देखिए । त्यसकारण हामीसँग आन्दोलनको विकल्प छैन ।’ तर यी विषय मिलाएमा आफूहरु चुनावमा जान तयार रहेको पनि छलफलमा राखेको उनले बताए ।   

तत्काल राजपाको बैठक बसेर आन्दोलन घोषणा गरिने उनले बताए।  राजपाबिना तराईमा चुनाव हुन नसक्ने ठोकुवा गर्दै उनले बलप्रयोग गरेमा ठूलो क्षति पुग्ने चेतावनी समेत दिए। सरकारले राजनीतिक दल दर्तासम्बन्धी ऐन संशोधनको कुरा गरेर मुद्दालाई छायाँमा पार्न खोजिएको उनले आरोप लगाएका छन्। झाले संविधान संशोधन, यसअघिका आन्दोलनका क्रममा मारिएका कार्यकर्तालाई सहिद घोषणा, घाइतेको उपचार, राहत क्षतिपूर्तिको विषय टुंग्याउनै बाँकी रहेको बताए ।  

सत्तारुढले आन्दोलनमा नजान आग्रह गरे पनि मुद्दा सम्बोधन नगरी जबर्जस्ती आन्दोलनमा धकेल्न खोजिएको उनको भनाई थियो ।  
राजपालाई चुनावमा सहभागी गराउन भन्दै सरकारले आजै राजनीतिक दल दर्तासम्बन्धी ऐन संशोधनका लागि संसद्मा लैजाने निर्णय गरेको छ ।  सत्तारुढ माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले एक दुई दिनमै ऐन संशोधन गर्ने तयारी रहेको बताए ।  


 

More form the Internet

loading...