Suvadin, Home
Nepal life 2.266M

निर्मला पन्तका हत्यारा छिट्टै कानुनी कठघरामा आउँछन्ः गृहमन्त्री थापा

गृहमन्त्री रामबहादुर थापाले बलात्कार पछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्तका हत्यारा छिट्टै कानूनको कठघरामा आउने दावी गरेका छन्। रिपोर्टस क्लबले आयोजना गरेको देउसीभैलो कार्यक्रमपछि बोल्दै गृहमन्त्री थापाले सरकारले अपराधिहरुलाई कानुनी कठघरामा परिरहेको भन्दै निर्मला पन्तका हत्यारा पनि छिट्टै कठघरामा आउने बताए।
गृहमन्त्री राम बहादुर थापा

काठमाडाैं, २२ कात्तिक – गृहमन्त्री रामबहादुर थापाले बलात्कार पछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्तका हत्यारा छिट्टै कानूनको कठघरामा आउने दावी गरेका छन्।

रिपोर्टस क्लबले आयोजना गरेको देउसीभैलो कार्यक्रमपछि बोल्दै गृहमन्त्री थापाले सरकारले अपराधिहरुलाई कानुनी कठघरामा परिरहेको भन्दै निर्मला पन्तका हत्यारा पनि छिट्टै कठघरामा आउने बताए।

उनले भने, ‘तपाई अहिले जेलमा गएर हेर्नुभयो भने त्यहाँ बलात्कारीहरुको संख्या ठूलो छ। जबरजस्तीकरणी गर्ने, व्यभिचार गर्नेहरुको संख्या ठूलो मात्रामा छ। बलात्कारीहरुलाई कारबाही भैरहेको छ। जहाँसम्म निर्मला प्रकरणको कुरा हो, त्यो विषयहरुलाई कानूनको कठघरामा ल्याउने प्रक्रिया जारी छ। दोषी र अपराधीहरु कानूनको कठघरामा छिट्टै आउँछन्।’

गृहमन्त्री थापाले सरकारले भ्रष्टाचारीहरुलाई कारबाही गरिरहेको बताउँदै आगामी दिनमा अझै कठोरताका साथ प्रस्तुत हुने चेतावनी दिए। उनले भने, ‘भ्रष्टहरुलाई कारबाही गर्ने र जेल हाल्ने प्रक्रिया चलिरहेकै छ। देशबाट भ्रष्टाचार, तस्करी र बेथितिहरु ती अपराधहरुलाई निर्मुल गर्ने, नियन्त्रण गर्ने अभियान चलिरहेको छ। भ्रष्टाचारीहरुलाई जेल हाल्ने प्रक्रियापनि चलिरहेको छ। निश्चयपनि यो अलिक मन्द छ। अब आउने दिनहरुमा त्यो प्रक्रियाहरुलाई अझै तीव्र पार्नेछौं। अझै व्यापक बनाउनेछौं।’

 


 

More form the Internet

loading...