Suvadin, Home

संविधान संशोधन आवश्यक छः नेता पौडेल

उनले कांग्रेसले सङ्घीयता र समावेशितालाई ध्यानमा राखी विधान संशोधन गर्न लागिएको जानकारी दिए। केन्द्रीय कोषाध्यक्ष सीतादेवी यादवले लोकतन्त्र र समाजवादमा आधारित कांग्रेसले गएको तीन तहको निर्वाचनमा हार बेहोर्नुको मुख्य कारण भनेको सङगठनभित्र व्यवस्थापनको कमजोरी भएको उल्लेख गरेका छन्। 

वीरगञ्ज, १२ असोज – नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले लोकतन्त्रलाई बलियो बनाउन संविधान संशोधन हुनु आवश्यक रहेको बताएका छन्। 

कांग्रेसका केन्द्रीय विधान संशोधन समितिद्वारा आज आयोजित दुई दिने विधान संशोधन एवं सुझाव सङ्कलनसम्बन्धी प्रदेशस्तरीय भेलामा नेता पौडेलले कांग्रेसलार्इ सबल, सक्षम र बलियो बनाउन विधान संशोधन आवश्यक रहेको बताए।

उनले कांग्रेसले सङ्घीयता र समावेशितालाई ध्यानमा राखी विधान संशोधन गर्न लागिएको जानकारी दिए। केन्द्रीय कोषाध्यक्ष सीतादेवी यादवले लोकतन्त्र र समाजवादमा आधारित कांग्रेसले गएको तीन तहको निर्वाचनमा हार बेहोर्नुको मुख्य कारण भनेको सङगठनभित्र व्यवस्थापनको कमजोरी भएको उल्लेख गरेका छन्। 

विधान संशोधन समिति प्रदेश नम्बर–२ का संयोजक डा. मीनेन्द्र रिजालको सभापतित्वमा भएको उक्त कार्यक्रममा केन्द्रीय सदस्य महालक्ष्मी उपाध्याय, कांग्रेसले पर्साका अध्यक्षलगायतले विधान संशोधनका विविध विषयबारे बोलेका थिए। भेलामा प्रदेश नम्बर २ का ८ जिल्लामध्ये पर्सा, बारा, रौतहट, सर्लाहीका सभापतिलगायतका नेताको सहभागिता छ।


 

More form the Internet

loading...