Suvadin, Home

बम अातंक !
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलमाथि बम अाक्रमण

तनहुँबाट लमजुङतर्फ आउँदै गर्दा तनहुँको भानु नगरपालिका–१० स्थित नेपालडाँडामा नेता पौडेलमाथि बम प्रहार भएकाे हाे। बम प्रहारबाट एक जना प्रहरी घाइते भएको जिल्ला प्रहरी कार्यालय लमजुङले जानकारी दिएको छ।
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल।

लमजुङ, मंसिर २ – नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई लक्षित गरी बम प्रहार भएको छ। पाैडेल सवार बा१३च ३७४२ नम्बरको जीपमा बम प्रहार भएको हो।

तनहुँबाट लमजुङतर्फ आउँदै गर्दा तनहुँको भानु नगरपालिका–१० स्थित नेपालडाँडामा नेता पौडेलमाथि बम प्रहार भएकाे हाे। बम प्रहारबाट एक जना प्रहरी घाइते भएको जिल्ला प्रहरी कार्यालय लमजुङले जानकारी दिएको छ।

बमकाे छर्राले लागेर पौडेल चढेको जीपको सिसामा क्षति पुगेकाे छ। पौडेल लमजुङकाे सदरमुकाम बेँसीशहरमा आज आयोजना गरिएको नेपाली कांग्रेसकाे चुनावीसभालाई सम्बोधन गर्न आउँदै थिए। घटनामा संलग्नलार्इ पक्राउ गर्ने काेसिस थालिएकाे प्रहरीले जनाएकाे छ।


 

More form the Internet

loading...