Suvadin, Home

‘मुलुक विखण्डन गर्ने व्यवस्था संविधानमा छैन’

प्रदेश–५ स्तरीय सुरक्षा गोष्ठीमा भाग लिन बुटवल आएका गृहमन्त्री थापाले सञ्चारकर्मीहरुसँग भने, ‘सीके राउत समूहका कार्यकर्ताले स्वतन्त्र मधेसको नाममा यो अन्तिम नारा लगाएका हुन् र अब सबै गतिविधिलाई विदाइ गरेका हुन्।’

बुटवल,२७ फागुन- गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले आइतबार जनकपुरमा निस्किएको सीके राउतको र्‍याली अन्तिम विदाइ भएको बताएका छन्।

प्रदेश–५ स्तरीय सुरक्षा गोष्ठीमा भाग लिन बुटवल आएका गृहमन्त्री थापाले सञ्चारकर्मीहरुसँग भने, ‘सीके राउत समूहका कार्यकर्ताले स्वतन्त्र मधेसको नाममा यो अन्तिम नारा लगाएका हुन् र अब सबै गतिविधिलाई विदाइ गरेका हुन्।’

उनले जनकपुरमा निस्किएको सीके राउतको र्‍यालीबारे भने, ‘सरकारसँग भएका सहमति कार्यकर्तालाई सम्प्रेषण गर्न नभ्याएकाले त्यस्तो हुन गएको हुनसक्छ। त्यो अन्तिम विदाइको कार्यक्रम हो।’

उनले शान्ति सुरक्षाका लागि खतरा रहेको स्वतन्त्र मधेस गठवन्धनलाई मूलधारमा ल्याउन सरकार सफल भएको पनि बताएका छन्। जनमत संग्रहबारे सोधिएको प्रश्नमा गृहमन्त्री थापाले मुलुक विखण्डन गर्ने विषयमा जनमत संग्रहको व्यवस्था संविधानमै नभएको बताए। 


 

More form the Internet

loading...