Suvadin, Home

गृहका प्रवक्ता सुवेदी सचिवमा बढुवा

सरकारले गृह मन्त्रालयका प्रवक्ता एवं सहसचिव रामकृष्ण सुवेदीलाई सचिवमा बढुवा गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद बैठकले उनलाई सचिवमा बढुवा गर्ने निर्णय गरेको थियो । 

काठमाडौं । सरकारले गृह मन्त्रालयका प्रवक्ता एवं सहसचिव रामकृष्ण सुवेदीलाई सचिवमा बढुवा गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद बैठकले उनलाई सचिवमा बढुवा गर्ने निर्णय गरेको थियो । 

सचिव पदमा बढुवाका लागि सुवेदी एक नम्बरमा सिफारिसमा परेका थिए । सुवेदी, बालकृष्ण घिमिरे र दिनेश भट्टराईको नाम सिफारिस भएकोमा सुवेदी सचिव पदमा बढुवा भएका हुन् ।

लोक सेवा आयोगका अध्यक्ष उमेश मैनालीको अध्यक्षताको सिफारिस समितिले सचिवका लागि तीन जनाको नाम सिफारिस गरेको थियो । सरकारले तीन जनामा सुवेदीलाई बडुवा गर्ने निर्णय गरेको छ । 


 

More form the Internet

loading...