Suvadin, Home

राप्रपामा चार लाख साधारण सदस्यता वितरण

महाधिवेशन प्रयोजनका लागि गत मङ्सिर २५ देखि पुस २९ गतेसम्म सो सदस्यता देशभर वितरण गरिएको थियो। केही जिल्लाबाट तथ्याङ्क आउने क्रम जारी छ। ती साधारण सदस्य मध्येबाट वडा, गाउँ र नगरको महाधिवेशनमा प्रतिनिधिसमेत छनौट गरिने पार्टीका प्रवक्ता राजाराम श्रेष्ठले जानकारी दिए।
राप्रपा अध्यक्ष कमल थापा।

काठमाडौँ, माघ


राष्ट्रिय प्रजातन्त्र पार्टीले करिब साढे चार लाख साधारण सदस्यता वितरण गरेको प्रारम्भिक तथ्याङ्क प्राप्त भएको छ।

महाधिवेशन प्रयोजनका लागि गत मङ्सिर २५ देखि पुस २९ गतेसम्म सो सदस्यता देशभर वितरण गरिएको थियो। केही जिल्लाबाट तथ्याङ्क आउने क्रम जारी छ। ती साधारण सदस्य मध्येबाट वडा, गाउँ र नगरको महाधिवेशनमा प्रतिनिधिसमेत छनौट गरिने पार्टीका प्रवक्ता राजाराम श्रेष्ठले जानकारी दिए।

यसैगरी, राजनीतिक कार्यपत्र, विधान, झोलालगायत सन्दर्भ सामग्री सहभागीलाई समयमै उपलब्ध गराउने र महाधिवेशनमा छलफल व्यापक बनाउने तयारीसमेत गरिएको छ। आगामी फागुन ६ गतेदेखि ९ गतेसम्म महाधिवेशन काठमाडौँमा गरिनेछ।

यसअघि राप्रपा तथा राप्रपा (नेपाल)को एकीकरण भएपछि जिल्लाभर रहेका दुवै पार्टीको एकता सम्पन्न गरिएको छ। रासस

 


 

More form the Internet

loading...