Suvadin, Home

राप्रपा संविधान संशोधनको विपक्षमा मतदान गर्ने

राष्ट्रिय प्रजातन्त्र पार्टीले संविधान संशोधनको विपक्षमा मतदान गर्ने भएको छ। हेटौंडामा सम्पन्न केन्द्रीय समिति बैठकले संशोधनको विपक्षमा मतदान गर्ने निर्णय गरेको हो।
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापा।

काठमाडौं, भदौ ४–राष्ट्रिय प्रजातन्त्र पार्टीले संविधान संशोधनको विपक्षमा मतदान गर्ने भएको छ। हेटौंडामा सम्पन्न केन्द्रीय समिति बैठकले संशोधनको  विपक्षमा मतदान गर्ने निर्णय गरेको  हो।

बैठकको निर्णयमा ‘मधेशका जनताको हक, हित र पहिचानको संरक्षण एवं मधेशको समग्र विकासमा राप्रपा सदैव प्रतिवद्ध उल्लेख छ। साथै, मधेश केन्द्रीत राजनीतिक दलहरुलाई संविधानको मूल प्रवाहमा समावेश गराउन तथा निर्वाचनमा सहभागी हुने वातावरण तयार गर्न समेत राप्रपा सदैव सकारात्मक छ र भविष्यमा पनि रहने बैठकको निर्णयमा भनिएको छ।

 संसदमा हाल विचाराधिन संविधान संशोधन विधेयकले मधेश र मधेशी जनताको मूलभूत हक, हित र समस्यालाई सम्बोधन गर्न नसकेको, मधेश केन्द्रीत राजनीतिक दलहरुले विधेयक पारित भए पनि नभए पनि निर्वाचनमा भाग लिने प्रतिवद्धता व्यक्त गरि सकेको, विधेयक पारित गराउने बारे स्वयं सत्तारुढ दल, सरकार र राजपा समेत गम्भिर नरहेको, राप्रपाको तर्फबाट संसदमा पेश गरिएको हिन्दुराष्ट्र पुनस्थार्पना सम्बन्धि संविधान संशोधन विधेयक छलफलमा नल्याईएको तथा राप्रपालाई विभाजन गर्ने कार्यमा सरकार र सत्तारुढ दलहरु क्रियाशिल रहेको तथ्यलाई दृष्टिगत गर्दै राप्रपाले संसदमा प्रस्तुत संविधान संशोधन विधेयकको विपक्षमा मतदान गर्ने निर्णय गरेको छ।


 

More form the Internet

loading...