Suvadin, Home

राष्ट्रिय सभाका नवनियुक्त १८ सदस्यले लिए शपथ

राष्ट्रिय सभामा नवनियुक्त १८ सदस्यले शपथ ग्रहआजदेखि औपचारिक जिम्मेवारी पाएका छन् ।

काठमाडौं । राष्ट्रिय सभामा नवनियुक्त १८ सदस्यले शपथ ग्रहआजदेखि औपचारिक जिम्मेवारी पाएका छन् ।

राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले आज आयोजिक एक समारोहका बीच नयाँ सदस्यलाई शपथ खुवाएका थिए । एक तिहाइको कार्यकाल दुई वर्षमा सकिने संवैधानिक प्रावधान अनुसार खाली हुने ठाउँमा गएको माघ २४ गते चुनाव भएको थियो ।

चुनाव भएका १८ ठाउँमध्ये १६ सिट सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी नेकपाले जितेको छ । राष्ट्रिय जनता पार्टीले दुई सिट पाएको छ । अरु दलका उमेदवारले भने कुनै पनि ठाउँमा जित हाँसिल गरेन । मन्त्रिपरिषद्बाट मनोनीत हुने एक सदस्य सरकारले सिफारिस गरिसकेको छैन ।


 

More form the Internet

loading...