Suvadin, Home
Nepal life 3.22M

सिंहदरबारमा सपथ खुवाउन लागिदै रेशम चौधरी

वि.सं. २०७२ भदौ ७ गते टीकापुरमा भएको हिंसामा परी ७ सुरक्षाकर्मीसहित ८ जनाको ज्यान गएको थियो। सोही घटनामा संलग्न भएको भन्दै चौधरीविरूद्ध उजुरी परेको थियो। उनी फरार अवस्थामै चुनाव लडेका थिए।

काठमाडौं, १९ पुस – कैलाली क्षेत्र नम्बर १ बाट निर्वाचित राष्ट्रिय जनता पार्टी (राजपा) का नेता रेशम चौधरीको पद तथा गोपनीयताको सपथग्रहण आज दिउँसो ३ बजेलाई सारिएको छ।

यसअघि बिहान साढे ११ बजे नै सपथ गराउने तयारी भए पनि प्रक्रियागत ढिलाइका कारण उनको सपथ अपराह्न गर्न लागिएको हो।

डिल्लीबजार कारागारमा रहेका चौधरीलाई प्रहरीले सिंहदरबारस्थित सभामुख कृष्णबहादुर महराको कार्यालयमा ल्याउने र सपथ गराएर कारागार लैजाने तयारी छ।

उनलाई कारागारबाट बाहिर ल्याउन संसदले चिठी पठाउनुपर्ने भएपछि सपथको समय सारिएको हो।

सपथका लागि चौधरीलाई डिल्लीबजार कारागारबाट सिंहदरबार लगिनेछ। सपथपछि उनलाई पुनः कारागार नै लगिने बताइएको छ। उनले निर्वाचित भएको प्रमाणपत्र र सांसद्को लोगो भने सपथसँगै बुझ्नेछन्।

वि.सं. २०७२ भदौ ७ गते टीकापुरमा भएको हिंसामा परी ७ सुरक्षाकर्मीसहित ८ जनाको ज्यान गएको थियो। सोही घटनामा संलग्न भएको भन्दै चौधरीविरूद्ध उजुरी परेको थियो। उनी फरार अवस्थामै चुनाव लडेका थिए।

फरार भएकै अवस्थामा चौधरीले कैलालीबाट प्रतिनिधिसभा चुनाव लडेका थिए भने ३४ हजार ३४१ मतका साथ विजय भएका थिए। विजयी भएपनि निर्वाचन आयोगले उनलाई प्रमाणपत्र दिएको थिएन।


 

More form the Internet

loading...