Suvadin, Home
Citizen Bank 447.3k

Cover Image

सपथलगत्तै कारागार चलान भए रेशम चौधरी

राष्ट्रिय जनता पार्टी (राजपा) को दबाबमा टीकापुर घटनाका मुख्य अभियुक्त रेशम चौधरीलाई सभामुख कृष्णबहादुर महराले पद तथा गोपनीयताको शपथ दिलाएका थिए। चौधरीले विहिबार दिउँसो सिंहदरबारमा थारूभाषामा शपथ ग्रहण गरेका थिए।

काठमाडौं, १९ पुस – कैलाली क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद रेशम चौधरीलाई सपथलगत्तै डिल्लीबजारस्थित कारागार चलान गरिएको छ। 

राष्ट्रिय जनता पार्टी (राजपा) को दबाबमा टीकापुर घटनाका मुख्य अभियुक्त रेशम चौधरीलाई सभामुख कृष्णबहादुर महराले पद तथा गोपनीयताको शपथ दिलाएका थिए। चौधरीले विहिबार दिउँसो सिंहदरबारमा थारूभाषामा शपथ ग्रहण गरेका थिए।

डिल्लीबजार कारागारबाट प्रहरीले सपथ ग्रहणकै लागि उनलाई सिंहदरबारस्थित संसद् भवनस्थित कृषि समितिको बैठक हलमा पुर्‍याइएको थियो। त्यही सभामुख कृष्णबहादुर महराले पद तथा गोपनीयताको शपथ दिलाएका थिए। 

शपथपछि सभामुख महराले उनलाई माला लगाइदिए भने राजपाका नेताहरुले बधाई दिएका थिए।

वि.सं.२०७२ भदौ ७ गते टीकापुरमा भएको घटनामा ७ जना प्रहरीसहित ८ जनाको ज्यान गएको घटनामा उनलाई मुख्य दोषी भएको ठहर भई चौधरीविरूद्ध मुद्दा लागेको थियो।

घटनापछि फरार रहेका चौधरीले भूमिगत अवस्थामै प्रतिनिधि सभामा विजयी हासिल गरेका थिए। तर उनले निर्वाचित भए पनि सपथ लिन पाएका थिएनन्। 

रेशम चौधरीले लिए थारू भाषामा सपथ


 

More form the Internet

loading...