Suvadin, Home

Cover Image

रेशम चौधरीले लिए थारू भाषामा शपथ

डिल्लीबजार कारागारबाट प्रहरी भ्यानमा राखेर उनलाई सिंहदरबारस्थित संसद् भवनस्थित कृषि समितिको बैठक हलमा पुर्‍याइएका थिए। त्यही सभामुख कृष्णबहादुर महराले पद तथा गोपनीयताको शपथ दिलाएका हुन्। उनले थारु भाषामा शपथ लिएका छन्।

काठमाडौं, १९ पुस – टीकापुर घटनाका मुख्य अभियुक्त रेशम चौधरीले थारूभाषामा शपथ ग्रहण गरेका छन्।

डिल्लीबजार कारागारबाट प्रहरी भ्यानमा राखेर उनलाई सिंहदरबारस्थित संसद् भवनस्थित कृषि समितिको बैठक हलमा पुर्‍याइएका थिए। त्यही सभामुख कृष्णबहादुर महराले पद तथा गोपनीयताको शपथ दिलाएका हुन्। उनले थारु भाषामा शपथ लिएका छन्।

शपथका बेला उनकी श्रीमतीरञ्जिता श्रेष्ठ र छोरा पनि उपस्थित थिए। शपथपछि सभामुख महराले उनलाई माला लगाइदिए भने राजपाका नेताहरुले खादा लगाइदिएका थिए।

सिंहदरबारमा शपथ खुवाउन लागिदै रेशम चौधरी


 

More form the Internet

loading...