Suvadin, Home
NMB Bank Ltd 275.5k

चिनियाँ कम्युनिष्ट पार्टीका नेताहरूकाे टाेली काठमाडाैंमा

चिनियाँ कम्युनिष्ट पार्टीका प्रचार विभाग प्रमुख लि छिपाओ नेतृत्वको प्रतिनिधिमण्डल आइतबार काठमाडौं आइपुगेको छ। चिनियाँ राष्ट्रपति सी जिन पिङको भाषण समेटिएको पुस्तक विमोचन समारोहमा भाग लिन छिपाओ नेतृत्वको टोली नेपाल आएको हो।

शुभदिन संवाददाता

काठमाडौ, पुस ३ 

चिनियाँ कम्युनिष्ट पार्टीका प्रचार विभाग प्रमुख लि छिपाओ नेतृत्वको प्रतिनिधिमण्डल आइतबार काठमाडौं आइपुगेको छ। 

चिनियाँ राष्ट्रपति सी जिन पिङको भाषण समेटिएको पुस्तक विमोचन समारोहमा भाग लिन छिपाओ नेतृत्वको टोली नेपाल आएको हो।

नेपाल चीन अध्ययन केन्द्रले ‘चीनको शासन व्यवस्था’ नामक पुस्तक नेपालीमा अनुवाद गरिएको छ। चिनियाँ प्रतिनिधिमण्डलले नेपाल बसाइका क्रममा राष्ट्रपति विद्या भण्डारी, प्रधानमन्त्री पुष्पकमल दाहालसहित प्रमुख दलका नेताहरूसँग भेट गरी नेपालको पछिल्लो राजनीतिक परिस्थितिबारे पनि छलफल गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ।

चीनले केपी ओली नेतृत्वको सरकारको पालामा दुई देशबीच भएका सम्झौता कार्यान्वयनतर्फ नेपाल सरकारको ध्यानाकर्षण गराउँदै आएको छ।

 

More form the Internet

loading...