Suvadin, Home

संशाेधनका पक्षमा मतदान गर्न राप्रपाकाे ह्वीप

आइतबार बिहान बसेको संसदीय दलको बैठकले पार्टीको निर्णय अनुसार सांसदलाई व्यवस्थापिका संसद बैठकमा अनिवार्य उपस्थित भई सरकारद्वारा पेश भएको संविधानको दोश्रो संशाेधन विधेयकको पक्षमा मतदान गर्न ह्वीप जारी गरको हो।
राप्रपा अध्यक्ष कमल थापा।

काठमाडौं, वैशाख १७ – राष्ट्रिय प्रजातन्त्र पार्टीले संविधानको दोश्रो संशाेधन विधेयकको पक्षमा मतदान गर्न ह्वीप जारी गरेको छ।

आइतबार बिहान बसेको संसदीय दलको बैठकले पार्टीको निर्णय अनुसार सांसदलाई व्यवस्थापिका संसद बैठकमा अनिवार्य उपस्थित भई सरकारद्वारा पेश भएको संविधानको दोश्रो संशाेधन विधेयकको पक्षमा मतदान गर्न ह्वीप जारी गरको हो।

व्यवस्थापिका संसदमा सरकारले पेश गरेको संविधानको दोस्रो संशोधनमाथि सत्तारुढ दलको गरी ५० वटा संशोधन परेका छन्।

राप्रपाले आइतबारकै बैठकमा संविधानको दोस्रो संशोधन विधेयक निर्णयार्थ प्रस्तुत हुने संभावना रहेको भन्दै ह्वीप जारी गरेपनि आजको बैठकमा संविधान संसोधन विधेयकमाथिको सैद्धान्तिक छलफल नै प्रारम्भ नहुन सक्ने  सचिवालय श्रोतले जनाएको छ।


 

More form the Internet

loading...