Suvadin, Home

देउवालार्इ समर्थन गर्ने/नगर्ने बारे राप्रपाकाे यस्ताे निर्णय

राष्ट्रिय प्रजातन्त्र पार्टीले व्यवस्थापिका–संसदमा  प्रधानमन्त्रीका उम्मेदवार शेरबहादुर देउवालाई समर्थन गर्ने वा नगर्नेबारेमा निर्णय गर्न संसदीय दललाई जिम्मेवारी दिएको छ । पार्टीका अध्यक्ष कमल थापाको अध्यक्षतामा आज बसेको केन्द्रीय कार्यसम्पादन समिति, पदाधिकारी तथा सांसदको बैठकले नयाँ प्रधानमन्त्रीका पक्ष तथा विपक्षमा मतदान गर्नका लागि टुङ्गो लगाउन नसकेपछि आवश्यक निर्णय लिन संसदीय दललाई जिम्मेवारी दिइएको प्रवक्ता सुशील श्रेष्ठले जानकारी दिए । 

काठमाण्डौं, २१ जेठ –राष्ट्रिय प्रजातन्त्र पार्टीले व्यवस्थापिका–संसदमा  प्रधानमन्त्रीका उम्मेदवार शेरबहादुर देउवालाई समर्थन गर्ने वा नगर्नेबारेमा निर्णय गर्न संसदीय दललाई जिम्मेवारी दिएको छ । 

पार्टीका अध्यक्ष कमल थापाको अध्यक्षतामा आज बसेको केन्द्रीय कार्यसम्पादन समिति, पदाधिकारी तथा सांसदको बैठकले नयाँ प्रधानमन्त्रीका पक्ष तथा विपक्षमा मतदान गर्नका लागि टुङ्गो लगाउन नसकेपछि आवश्यक निर्णय लिन संसदीय दललाई जिम्मेवारी दिइएको प्रवक्ता सुशील श्रेष्ठले जानकारी दिए । 

बैठकमा अधिकांश सहभागीले नयाँ प्रधानमन्त्रीका पक्षमा मतदान गरी सरकारमा जान सुझाए पनि अध्यक्ष थापाले त्यसलाई नकारेपछि निर्णय लिन नसकिएको बताइएको छ । संसदीय दलको बैठक आजै साँझ बस्ने छ । रासस

संसद् बैठक स्थगित, प्रधानमन्त्री चयन प्रक्रिया अन्याेलमा

यसकारण लम्बिने भो देउवाको सत्तारोहण

प्रधानमन्त्रीकाे चुनावः यस्तो छ संसदको अंकगणित


 

More form the Internet

loading...