Suvadin, Home

राप्रपा देउवाको समर्थनमा 

राष्ट्रिय प्रजातन्त्र पार्टीले व्यवस्थापिका–संसद्मा प्रधानमन्त्रीको उम्मेदवार शेरबहादुर देउवाका पक्षमा मतदान गर्ने भएको छ । पार्टी संसदीय दलको आज बसेको बैठकले नेपाली काँग्रेस र नेकपा ९माओवादी केन्द्रसँग सरकारमा सहभागिताका लागि वार्ता गर्न पार्टीका महामन्त्री जयन्त चन्दको संयोजकत्वमा पूर्वमन्त्री दिलनाथ गिरी र प्रमुख सचेतक कुन्तीकुमारी शाही सदस्य रहेको समिति गठन गरेको पूर्वमन्त्री गिरीले जानकारी दिए ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापा /फाईल फोटो

काठमाण्डौ, २१ जेठ –राष्ट्रिय प्रजातन्त्र पार्टीले व्यवस्थापिका–संसद्मा प्रधानमन्त्रीको उम्मेदवार शेरबहादुर देउवाका पक्षमा मतदान गर्ने भएको छ । 

पार्टी संसदीय दलको आज बसेको बैठकले नेपाली काँग्रेस र नेकपा ९माओवादी केन्द्रसँग सरकारमा सहभागिताका लागि वार्ता गर्न पार्टीका महामन्त्री जयन्त चन्दको संयोजकत्वमा पूर्वमन्त्री दिलनाथ गिरी र प्रमुख सचेतक कुन्तीकुमारी शाही सदस्य रहेको समिति गठन गरेको पूर्वमन्त्री गिरीले जानकारी दिए । व्यवस्थापिका–संसद्मा सो दलबाट ३७ सांसदले प्रतिनिधित्व गरेका छन् । 

याे पनि पढ्नुहाेसः-

देउवालार्इ समर्थन गर्ने/नगर्ने बारे राप्रपाकाे यस्ताे निर्णय

प्रधानमन्त्रीकाे चुनावः यस्तो छ संसदको अंकगणित

प्रधानमन्त्रीमा देउवाको उम्मेदवारी दर्ता, प्रचण्ड प्रस्तावक

एमालेले भन्यो, ‘पुनः मतदानको निर्णय अमान्य’

भरतपुरमा पुनः मतदान गर्ने आयोगको निर्णय


 

More form the Internet

loading...