Suvadin, Home

राप्रपा नेपालका सहमहामन्त्री एमालेमा प्रवेश

नेकपा एमालेका पार्टी कार्यालय खलंगामा बिहीबार आयोजित पत्रकार सम्मेलनमा राप्रपा नेपालका सहमहामन्त्री मनोजकुमार प्रधान, केन्द्रीय सदस्य राजेन्द्रवीर राई, जिल्ला अध्यक्ष मनोजकुमार सिंहसहित कार्यसमितिका अधिकाँश सदस्य एमालेमा प्रवेश गरेको एमालेका जिल्ला सचिव रमेशकुमार गौतमले जानकारी दिएका छन्।

काठमाडाैं ४ माघ – राप्रपा नेपाल सल्यानका अध्यक्षसहित कार्यसमितिका अधिकांश सदस्य एमालेमा प्रवेश गरेका छन्।

नेकपा एमालेका पार्टी कार्यालय खलंगामा बिहीबार आयोजित पत्रकार सम्मेलनमा राप्रपा नेपालका सहमहामन्त्री मनोजकुमार प्रधान, केन्द्रीय सदस्य राजेन्द्रवीर राई, जिल्ला अध्यक्ष मनोजकुमार सिंहसहित कार्यसमितिका अधिकाँश सदस्य एमालेमा प्रवेश गरेको एमालेका जिल्ला सचिव रमेशकुमार गौतमले जानकारी दिएका छन्।

आफ्नो पार्टीले उठाएको हिन्दू राज्यको माग जायज नभएको जनमतले प्रमाणित गरिदिएकाले आफूहरु एमालेमा प्रवेश गरेको राप्रपा नेपालका जिल्ला सिंहले भने 'राप्रपाले उठाएको हिन्दू राज्यको मागमा तीन लाखले साथ दिन सकेनन्, अब राप्रपाको नारा र झण्डा लिएर कार्यकर्ताबीच जाने अवस्था रहेन त्यही भएर हामीले एमालेमा प्रवेश गर्नेे निर्णय गरेका हौँ।'

नवप्रवेशी सबैलाई पार्टीमा स्वागत गर्दै एमालेका जिल्ला अध्यक्ष गोविन्द पुनले उनीहरुलाई सम्मानजनकरुपमा व्यवस्थापन गरिने जानकारी दिएका छन्।


 

More form the Internet

loading...