Suvadin, Home

राप्रपाकाे बन्द सत्र सुरू

राष्ट्रिय प्रजातन्त्र पार्टीको एकता महाधिवेशनका क्रममा अहिले बन्दसत्र सुरु भएको छ । स्थानीय भृकुटीमण्डपमा निर्धारित समयभन्दा केही घन्टा ढिलो सुरु गरिएको बन्दसत्रमा राजनीतिक विषयवस्तु तथा पार्टीको भावी रणनीतिका बारेमा समीक्षा तथा छलफल सुरु भएको छ । बन्दसत्रमा पार्टीका अध्यक्ष कमल थापाले राजनीतिक कार्यपत्र तथा राष्ट्रिय अध्यक्ष डा प्रकाशचन्द्र लोहनीले आर्थिक कार्यपत्र प्रस्तुत गर्नुभएको छ ।

काठमाडौँ, ६ फागुन - राष्ट्रिय प्रजातन्त्र पार्टीको एकता महाधिवेशनका क्रममा अहिले बन्दसत्र सुरु भएको छ ।


स्थानीय भृकुटीमण्डपमा निर्धारित समयभन्दा केही घन्टा ढिलो सुरु गरिएको बन्दसत्रमा राजनीतिक विषयवस्तु तथा पार्टीको भावी रणनीतिका बारेमा समीक्षा तथा छलफल सुरु भएको छ । बन्दसत्रमा पार्टीका अध्यक्ष कमल थापाले राजनीतिक कार्यपत्र तथा राष्ट्रिय अध्यक्ष डा प्रकाशचन्द्र लोहनीले आर्थिक कार्यपत्र प्रस्तुत गर्नुभएको छ ।

केन्द्रीय अध्यक्ष थापाको राजनीतिक कार्यपत्रमा हिन्दू राष्ट्र र संवैधानिक राजतन्त्र कायम गर्ने पार्टीको वैचारिक दृष्टिकोण छ । सङ्घीयताका विकल्पमा स्थानीय स्वायत्त शासनलाई प्राथमिकता दिने सो दस्तावेजमा उल्लेख छ । त्यसैगरी अध्यक्ष डा लोहनीका कार्यपत्रमा आर्थिक उदारवादका माध्यमबाट सामाकि रुपान्तरण कायम गर्ने उपाय प्रस्तुत गरिएको छ ।

ती कार्यपत्रमाथि छलफल समेत सुरु भएको छ । शनिबार ती दुवै कार्यपत्र छलफलपछि पारित गरिने प्रवक्ता राजाराम श्रेष्ठले बताउनुभयो । यही फागुन ८ गते पार्टीलाई अहिलेसम्म निर्देशित गरिरहेको अन्तरिम विधान पनि परिमार्जनसहित पारित गरिने छ । महाधिवेशन यही फागुन ९ गतेसम्म चल्ने छ । रासस


 

More form the Internet

loading...