Suvadin, Home
Nepal life 2.266M

राप्रपा प्रजातान्त्रिकका युवा नेताकाे विकास अवधारणा
विदेशकाे शिक्षा र शीपलार्इ नेपालमा प्रयाेग गर्दैछन् विराजबहादुर बिष्ट

विराजबहादुरले राप्रपाबाट संघीय मामिला तथा स्थानीय विकास सहायकमन्त्री बन्ने मौका पाए। केही काम गर्न खाेजेपनि उनलार्इ राप्रपाले मन्त्रीबाट फिर्ता बोलायो। विद्यार्थीकालदेखि नै राजनीति गरेका बिष्टलाई राप्रपा प्रजातान्त्रिकका सशक्त युवानेताकाे रुममा लिइन्छ।
राप्रपा प्रजातान्त्रिकका युवा नेता विराजबहादुर बिष्ट।

काठमाडौं, भदौ १९ – धेरै नेपालीहरु विदेश गएका छन्। तर, विदेशमा अध्ययन गरेर मुलुक फर्किएका सीमित युवाले चामत्कारिक काम गरेका छन्। भारत र अमेरिकामा अध्ययन सकेर विराजबहादुर बिष्ट विद्यावारिधिका लागि कोरिया गए।

अन्य देशभन्दा कोरिया हरेक दृष्टिले उपयुक्त मानिन्छ, विकास र समृद्धिले सुबिधायुक्त पनि छ,' विराजबहादुरले शुभदिनसँग भने, 'तर, घर, परिवार र समाज छाडेर गएका नेपाली युवाहरु विदेशमा दोस्रो दर्जामा रहने भएकाले मलार्इ त्यहाँ बस्न मन लागेन।' कोरियाली कला-संस्कृति, भाषा र रहनसहनका बारेमा विराज अनविज्ञ थिए।

'साथी, छरछिमेक कोही थिएन, एक्लै बस्नुपर्ने बाध्यता थियो। १६ वर्षसम्म अध्ययनकै शिलशिलामा बाहिरी बस्नुपर्दा एक्लै भएजस्ताे महशुस विराजलार्इ भइरहन्थ्याे। कुनै समस्या आइलागे पनि त्यहाँ कोही थिएन। अमेरिका र भारतमा भाषा बुझिन्थ्यो। कोरियामा ठिक उल्टो थियो। 'भाषा सिक्न नै अप्ठ्यारो थियो,' विराजले भने। 

हुन त त्यसभन्दा अगाडि भारतमा त्यस्ताे परिवेश उनले बुझिसकेका थिए। भारतको जवाहरलाल नेहरु विश्वविद्यालयमा पढ्दा नेपालीमाथिकाे शोषण उनले देखेका थिए। 'विश्वविद्यालयको क्षेत्रभित्र क्यान्टिन रहेका थिए,' उनले भने, 'क्यान्टिनभित्र काम गर्ने सबै नेपाली बालबालिका मात्रै थियाे।'

त्यसविरुद्ध आवाज उठाएका विराजले अन्य विद्यार्थी संगठनले आनाकानीका कारण याेजना सफल बनाउन सकेनन्। त्यो देखेर आफूलाई खिन्न लागेको उनी बताउँछन्। अध्ययनकै क्रममा कोरियामा रहँदा वैदेशिक रोजगारमा गएका नेपालीहरुको अवस्था बुझ्न थाले उनले।

कसैको कारखाना, सवारीमा परी दुर्घटना र अन्य कारणले मृत्यु भएको उनले देखे। 'मैले अाफ्नैले नेपालीका शव बाकसमा हालेँ,' विराजले भने, 'ती दिनहरु निकै पीडादायी थिए।'

अनि विराजलाई अर्को महशुस भयो। एक पटक बाकसमा नेपालीको लास राख्दा त्यति अनुभव भएको थिएन, २-३ पटक नेपालीका लास राख्दा भारी पिडा महशुस भयो। विराजको मनमा लाग्यो, मैले पनि यसैगरी बाकसमा जानु परेमा के होला भन्ने महशुस भयो।

अनि विराजलाई अर्को महशुस भयो। एक पटक बाकसमा नेपालीको लास राख्दा त्यति अनुभव भएको थिएन, २-३ पटक नेपालीका लास राख्दा भारी पिडा महशुस भयो। विराजको मनमा लाग्यो, मैले पनि यसैगरी बाकसमा जानु परेमा के होला भन्ने महशुस भयो।

जीवनको मध्यकाल समाजमा बसेर बिताउनुपर्ने हो। तर, त्यहाँ काम गर्ने साथी बाकसमा फर्किनुपर्ने अवस्था देखेर विराज बिरक्तिए। र, घर फर्किए। नेपाल फर्किएका विराजको मनमा अनेकथरिका सोच उत्पन्न हुन थाले।

अरुको देशमा बसेर होइन, आफ्नै देशमा भएका स्रोतसाधनको प्रयोग गरेर समाज परिवर्तन गर्ने एक उपाय भनेको राजनीति हो। त्यही भएर समाज परिवर्तनका लागि नै राजनीतिमा होमिएकाे उनले बताए।

बाल्यवस्था र अध्ययनको यात्रा

बुवा केशरबहादुर बिष्ट र आमा मीनरुवा बिष्टको कोखबाट वि.संं. २०३३ साल चैत १८ गते विराजबहादुर बिष्ट पटिया नगरपालिका–४ ललितपुरमा जन्मिएका हुन्। बिष्ट बाल्यअवस्थामा पढाईभन्दा खेलमा रुची राख्थे। खेलमा रुची भएका कारण विद्यालयमा हुने अतिरिक्त क्रियाकलापमा जहिले पनि प्रथम नै हुने गर्थे। 

सन् १९८४ मा कक्षा १ देखि ३ कक्षासम्म कान्तिश्वरी शिशु सदनमा पढेपछि बुवा केशरबहादुर बिष्टले सन् १९८८ मा बुढालीनकण्ठमा पढाईका लागि भर्ना गरेकाे उनले बताए। त्यहाँबाट विराजले सन् १९९४ मा एसएलसीसम्मको अध्ययन पूरा गरे। त्यसपछि कक्षा-१२ सम्मको पढाईका लागि सन् १९९६ मा भारत गएर एडिए क्याम्पसमा भर्ना भए।

परिवारका सदस्यले विज्ञान संकाय पढ्नका लागि पढाएका थिए। तर, विराज बिष्टले व्यवस्थापन संकायमा पढ्न थाले। घरपरिवारबाट विज्ञान संकाय पढ्न दबाब आएपनि आफूलाई त्योप्रति त्यति रुची नभएकाले सजिलोका लागि व्यवस्थापन संकायमा अध्ययन गरेको विराजबहादुर बिष्टले बताउँछन्।

भारतमा कक्षा १२ सम्मको अध्ययन पूरा गरेपछि उनी सन् १९९६ मा अध्ययनकै शिलशिलामा अमेरिका गए। अमेरिकाको मिनिसोटा सेन्टजोन्स् विश्वविद्यालयबाट व्यवस्थापन संकायबाट सन् २००२ स्नातक तह पास गरे।

बिष्ट फेरि अमेरिकाबाट भारत फर्किए। भारतको जवाहरलाल नेहरु विश्वविद्यालयबाट सन् २००३ देखि २००५ सम्ममा स्नातकोत्तरसम्मको अध्ययन पूरा गरे। भारतमा स्नातकोत्तर गरेका बिष्ट फेरि कोरियाबाट विद्यावारिधि गरिरहेका छन्।

विराजबहादुर विष्ट राजनीति परिवेशबाट हुर्केका हुन्। बुवा केशरबहादुर बिष्ट पञ्चायतकालमा नै मन्त्री पद समालेका थिए। हजुरबुवा र बुवाबाट राजनीतिबाट प्रभावित भएको विराज बताउँछन्।

पारिवारिक पृष्ठभूमि 

विराजबहादुर विष्ट राजनीति परिवेशबाट हुर्केका हुन्। बुवा केशरबहादुर बिष्ट पञ्चायतकालमा नै मन्त्री पद समालेका थिए। हजुरबुवा र बुवाबाट राजनीतिबाट प्रभावित भएको विराज बताउँछन्।

पारिवारिक पृष्ठभूमि राजनीतिमा भएका कारण पनि आफूले राजनीतिक सिक्नका लागि बाहिर जानु नपरेको उनको भनाई छ। पारिवारिक पृष्ठ पनि राष्ट्रवादी भएकाले पनि आफू पनि राष्ट्रवादमै लागेको उनी बताउँछन्।

योग्य र दक्ष्य युवाले नेतृत्व गर्नुपर्छ

अबको राजनीतिको यात्रा युवापुस्ताको नेतृत्वमा हुनुपर्ने विराजबहादुर बिष्ट बताउँछन्। उनी भन्छन्, 'देशलाई वास्तविक परिवर्तन गर्न चाहने हो भने लाइसेन्स प्राप्त युवाको आवश्यक रहेको छ।'
राजनीतिमा गुण्डागर्दी गर्ने, ठेकेदार, चोर लगायतका युवा नभएर शिक्षित युवा आएमा देश परिवर्तन गर्न सकिने उनले बताएका छन्।

पहिलो पटक लोपाेन्मुख जाति राउटेले बनाएका काठका भाँडाहरुलाई काठमाडौं ल्याएर बिक्री गरेको थिए। उनले भने,‘भाँडाकुडाबापत राउटेलाई चामल दिइन्थ्याे।’

अध्ययन र अनुसन्धानमा रुची

विराजबहादुर राजनीतिभन्दा अध्ययन अनुसन्धानमा बढी रुची राख्छन्। अमेरिकामा अध्ययन पूरा गरेर नेपाल आएका उनले सुनौलो नेपाल नामक संस्थामा अनुसन्धान गर्ने मौका पाए।

त्यतिबेला उनले इलाम, मोरङ र झापाका महिलाको प्रजनन स्वास्थ्यसम्बन्धी अध्ययन गरे। अनुसन्धानकाे कामपछि उनले आफ्नै व्यवसाय शुरु गरे। बिष्टले जैविक र अर्गानिक खेती गरे। नेपालका विभिन्न जिल्लाबाट जैविक खेती गरिएका बोटबिरुवा काठमाडौं ल्याएर बिक्री गर्ने काम गर्न पुगे।

पहिलो पटक लोपाेन्मुख जाति राउटेले बनाएका काठका भाँडाहरुलाई काठमाडौं ल्याएर बिक्री गरेको थिए। उनले भने,‘भाँडाकुडाबापत राउटेलाई चामल दिइन्थ्याे।’ उनले यति मात्रै गरेनन्, बालुवाटारमा पहिलो पटक जैविक रेष्टुरेन्ट खोलेर वन सम्बन्धी ऐन परिवर्तनमा लागि धेरै प्रयासपनि गरे।

पश्चिमा मोडलको विकास नेपालमा आवश्यक

देशमा विकास नहुनुको पहिलो कारण राजनीति भू–व्यवस्था रहेको उनी बताउँछन्। नेपालमा विकासका लागि काममा ढिलाई भएकाे उनले बताए। नेपालमा हरेक विकास पूर्वीय मोडलमा भइरहेकाे उल्लेख गर्दै विराजले भने, ‘जर्मन, जापान र चीनको मोडलको नेपालमा आवश्यक परेकाले नेपालमा त्यसको सिको गरेमा विकासले चाँडो फड्काे मार्न सक्छ।’

राप्रपा विभाजनपछि राप्रपा प्रजातान्त्रिकमा आबद्ध विराजबहादुर कमल थापाले पार्टीभित्र परिवर्तन नचाहेकाे बताउँछन्। 'नेपालमा विकास चाहिएकाे छ,' उनले भने, 'अब त्यसकाे नेतृत्व हामी गर्छाैं।'

राप्रपा प्रजातान्त्रिकका याेद्धा

कोरियाबाट अध्ययन सकेर फर्किएपछि विराजबहादुर राजनीतिमा लागे। पूरानो पार्टीमा लाग्ने की नयाँ युवाहरुको पार्टी खोल्ने भन्ने सोच बनाए विराजबहादुरले। यो विषयमा युवाहरुसँग छलफल गरे।

युवाहरुसँग छलफल भइसकेपछि वि.सं. २०७० सालमा तत्कालीन विवेकशील पार्टी स्थापनाका लागि सक्रिय भूमिका निर्वाह गरेकाे उनले बताएका छन्। उनी विवेकशीलमा लामाे समय बसेनन्। उनी राप्रपामा फर्किए।

राप्रपाबाट संघीय मामिला तथा स्थानीय विकास सहायकमन्त्री बन्ने मौका पाए। केही काम गर्न खाेजेपनि उनलार्इ राप्रपाले मन्त्रीबाट फिर्ता बोलायो। विद्यार्थीकालदेखि नै राजनीति गरेका बिष्टलाई राप्रपा प्रजातान्त्रिकका सशक्त युवानेताकाे रुममा लिइन्छ।

राप्रपा विभाजनपछि राप्रपा प्रजातान्त्रिकमा आबद्ध विराजबहादुर कमल थापाले पार्टीभित्र परिवर्तन नचाहेकाे बताउँछन्। 'नेपालमा विकास चाहिएकाे छ,' उनले भने, 'अब त्यसकाे नेतृत्व हामी गर्छाैं।'


 

More form the Internet

loading...