Suvadin, Home

रुसी राष्ट्रपतिकाे निर्वाचनकालागि पुटिनकाे पुनः उम्मेदवारी

उनको उम्मेदवारीलाई देशका धेरै राजनीतिज्ञहरु, सार्वजनिक ख्यातीप्राप्त व्यक्तिहरू र खेल क्षेत्रका अगुवाहरूको समर्थन रहेको बताइएको छ। पुटिनले केन्द्रीय निर्वाचन आयोगमै पुगेर आफ्नो राहधानी र आवश्यक पर्ने हस्ताक्षर समेत बुझाएका छन्। 
रुसी राष्ट्रपति भ्लादिमिर पुटिन।

मस्को, १३ पुस – रुसका राष्ट्रपति भ्यादिमिर पुटिनले बिहीबार पुनः उम्मेदवारी दर्ता गराएका छन्। आउदो वर्ष सन् २०१८ मा हुने राष्ट्रपति निर्वाचनमा प्रतिस्पर्धाका लागि पुटिनले निर्वाचन कार्यालयमा पुगेर उम्मेदवारी दर्ता गरेका अधिकारीहरूले बताएका छन्। 

उनको उम्मेदवारीलाई देशका धेरै राजनीतिज्ञहरु, सार्वजनिक ख्यातीप्राप्त व्यक्तिहरू र खेल क्षेत्रका अगुवाहरूको समर्थन रहेको बताइएको छ। पुटिनले केन्द्रीय निर्वाचन आयोगमै पुगेर आफ्नो राहधानी र आवश्यक पर्ने हस्ताक्षर समेत बुझाएका छन्। 

रसियामा तानाशाही जोसेफ स्टालिनले सबैभन्दा धेरै समय शासन गरेका थिए। त्यसपछि दोश्रो धेरै समय शासन गर्ने शासकमा च्लादिमिर पुटिन रहेका छन्। लामो समय रुसको सत्ताको नेतृत्व गरेका ६५ बर्षिय पुटिनले अहिलेको निर्वाचनमा पनि विजयी भएमा आफ्नो कार्यकाल २०२४ सम्म लम्ब्याउने छन्। 

यस पटक पनि एक दिन अगाडी ख्याती प्राप्त व्यक्तिहरु, राजनीतिज्ञहरु र खेल क्षेत्रका अगुवाहरु गरी झण्डै ६ सय जनाले पुटिनको उम्मेदवारीका लागि एकै ठाँउमा भेला भएर समर्थन जनाएका थिए। 

यसै हप्ताको सुरुमा निर्वाचन अधिकारीहरुले प्रमुख प्रतिपक्षी दलका नेता एलेक्सी नाभाल्नीलाई उम्मेदवार बन्न अयोग्य ठहर गरेका थिए। उनीहरुको निर्णयलाई नेता एलेक्सीले भने राजनीतिक पुर्वाग्रहबाट प्रेरित भएर गरिएको निर्णयको संज्ञा दिनु भएको छ।


 

More form the Internet

loading...