Suvadin, Home

समिम अन्सारीले भने, 'कुनै हालतमा ब्याक हुन्न'

समितिको आजको बैठकले अन्सारीलाई अनुमोदन गर्ने कि नगर्ने भन्ने निर्णय लिन नसकेपछि ३ दिनको समय थपिएको सभापति लक्ष्मणलाल कर्णले जानकारी दिए। अन्य चार आयोगका अध्यक्षलाई अनुमोदन गरेको आजको बैठक अन्सारीबारे निर्णय नै नलिइकन अनिश्चित कालका लागि स्थगित भएको छ। 
तस्बिर : दिपेश श्रेष्ठ

काठमाडौं, २१ फागुन – मुस्लिम आयोगका प्रस्तावित अध्यक्ष समिम अन्सारीले बैठकमा जवाफ दिँदै स्वेच्छिक रुपमा पछि नहट्ने बताएका छन्।

संसदीय सुनुवाई विशेष समितिमा सत्तारुढ नेकपाका सांसदहरु योगेश भट्टराई र सुरेन्द्र पाण्डेले भोलि कानुनी समस्या आउने भन्दै स्वेच्छिक रुपमा पछि हट्न सुझाएका थिए।  

समितिको आजको बैठकले अन्सारीलाई अनुमोदन गर्ने कि नगर्ने भन्ने निर्णय लिन नसकेपछि ३ दिनको समय थपिएको सभापति लक्ष्मणलाल कर्णले जानकारी दिए। अन्य चार आयोगका अध्यक्षलाई अनुमोदन गरेको आजको बैठक अन्सारीबारे निर्णय नै नलिइकन अनिश्चित कालका लागि स्थगित भएको छ। 

सुनुवाइ समितिमा अन्सारीको एसएलसी र प्रमाणपत्र तहको सर्टिफिकेट नक्कली भएको, नागरिकता विवादित रहेको र नेकपाको केन्द्रीय सदस्य रहेको उजुरी परेको थियो।


 

More form the Internet

loading...