Suvadin, Home

लोकमानलाई मोसो दल्नेहरू विप्लव माओवादीबाट सम्मानित

नेत्रविक्रम चन्द नेतृत्वको नेकपा माओवादीले तत्कालीन अख्तियार प्रमुख लोकमानसिंह कार्कीलाई कालोमोसो दल्नेहरुलाई सम्मान गरेको छ। ठूला भ्रष्टलाई कारबाहीको सुरुवात गरेको उल्लेख गर्दै चन्द्रबहादुर बुढा, प्रकाश शाही र विपेन्द्र गौतमलाई सम्मान गरिएको हो। बुढा, शाही र गौतमले तत्कालीन अख्तियार प्रमुख कार्कीलाई गत पुस ७ गते सर्वोच्च अदालतको परिसरमै कालोमोसो दलेका थिए।
नेत्रविक्रम चन्द।

काठमाडौं, माघ ९- नेत्रविक्रम चन्द नेतृत्वको नेकपा माओवादीले तत्कालीन अख्तियार प्रमुख लोकमानसिंह कार्कीलाई कालोमोसो दल्नेहरुलाई सम्मान गरेको छ।

ठूला भ्रष्टलाई कारबाहीको सुरुवात गरेको उल्लेख गर्दै चन्द्रबहादुर बुढा, प्रकाश शाही र विपेन्द्र गौतमलाई सम्मान गरिएको हो। बुढा, शाही र गौतमले तत्कालीन अख्तियार प्रमुख कार्कीलाई गत पुस ७ गते सर्वोच्च अदालतको परिसरमै कालोमोसो दलेका थिए।

कार्यक्रममा बोल्दै पार्टीका महासचिव नेत्र विक्रम चन्दले भ्रष्टलाई कार्वाही गरेकोले सम्मान गरिएको स्पष्ट पारे। उनले भ्रष्टलाई कार्वाही गर्नेहरुलाई सरकारले सम्मानको साटो कार्वाही गरेको भन्दै आक्रोश व्यक्त गरे। कार्कीलाई कालोमोसो दल्ने बुढा, शाही र गौतम तीनै जनालाई एक महिना हिरासतमा राखिएको थियो।

महासचिव चन्दले जनता विरोधी सरकारले भ्रष्टहरुलाई मात्रै सम्मान गर्ने गरेको जिकीर पनि गरे। कार्यक्रममा बोल्दै महासचिव चन्दले सरकारविरुद्ध संशस्त्र संघर्ष गर्ने चेतावनी पनि दिए। सरकार जनताविरुद्ध रहेकाले फागुन १ गतेबाट सशस्त्र संघर्षको सुरुवात गर्ने चेतावनी दिएका हुन्।

महासचिव चन्दले सरकार दलालहरुसँग मिलेर भोजभतेर गर्न लागेकाले त्यसको विरुद्धमा काठमाडौंबाटै सशष्त्र संघर्षको थालनी गर्न लागिएको पनि जिकीर गरे। महासचिव चन्दले अव सशष्त्र संघर्षको सुरुवात काठमाडौं र रोल्पाबाट गर्ने उदघोष पनि गरे। उनले सरकार भारतीय इशारामा चलेको भन्दै आक्रोश समेत व्यक्त गरे। तत्कालीन अख्तियार प्रमुख कार्कीलाई कालोमोसो दल्ने बुढा, शाही र गौतम नेत्र विक्रम चन्द नेतृत्वको नेकपा माओवादीका कार्यकर्ता हुन्।

 


 

More form the Internet

loading...