Suvadin, Home

संगीताको नयाँ इनिङ
पत्रकारिता बिट मार्दै स्थानीय सरकारको ‘न्यायाधीश’

केही दिन अघिसम्म उनी पत्रकार थिइन्। समाचारका लागि कुदथिइन्। रेडियाेमा बाेल्थिन। समाचारबाटै समाजलाई सूसुचित गर्थिन। तर, अब उनको परिचय फेरिएको छ–स्थानीय सरकारको ‘न्यायाधीश’ बनेकी छन्। उनी अर्थात् संगीता भण्डारी गिरी।
संगीता भण्डारी।

काठमाडौं, असार १८– केही दिन अघिसम्म उनी पत्रकार थिइन्। समाचारका लागि कुदथिइन्। रेडियाेमा बाेल्थिन। समाचारबाटै समाजलाई सूसुचित गर्थिन। तर, अब उनको परिचय फेरिएको छ–स्थानीय सरकारको ‘न्यायाधीश’ बनेकी छन्। उनी अर्थात् संगीता भण्डारी गिरी।

कांग्रेसको ‘किल्ला’ भत्काउदै डडेल्धुरा, अमरगढी नगरपालिकाको उपमेयरमा बाजी मारेपछि संगीताको परिचय फेरिएको हो।  कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको गृहजिल्ला समेत रहेको क्षेत्रमा संगीताले एमालेबाट विजयी हासिल गरिन्, असार १६ गते। र, १० वर्षे कर्मबाट पनि बिट मारिन।

संगीताको परिचय मात्र फेरिएको छैन, जिम्मेवारी समेत परिवर्तन भएको छ।

संगीता उपमेयरमा विजयी भएपछि टेलिफोन सम्पर्क गर्दै हामीले जिज्ञासाको आभास दिँदै भन्यौं, ‘पत्रकारबाट ‘न्यायाधीश’ बन्नु भएछ नि। बधाई छ।’

संगीताले पनि फुर्तिलो स्वरमा भनिन्, ‘सबैको इच्छा र सहयोगले जनताको नेता,  स्थानीय सरकारको ‘न्यायाधीश’ बने।

न्यायाधीश यसअर्थमा कि संविधानले ‘गाउँ तथा नगरपालिकाका उपप्रमुखलाई अधिकार क्षेत्रभित्रका विवाद निरुपण गर्न तीन सदस्यीय न्यायिक समितिको संयोजक’ बनाएको छ ।

 

करिब १० वर्षे पत्रकारिताका क्रममा संगीताले थुप्रै आरोहअवरोध खेप्नुपर्यो। समाजलाई सूसुचित बनाइन्, कलममार्फत्। तर, अब स्थानीय सरकारमा बसेर महिला पुरुषबीचको लैंगिक विभेद, बालविवाहविरुद्ध आफ्नो पहलकदमी हुने संगीताले सुनाइन्।

 

पहाडी जिल्ला भएपनि डडेल्धुरालाई विकसितका रुपमा लिइन्छ । तर, संगीताले आफ्नो पत्रकारिताको करिअरमा थुप्रै समस्या देखेकी छन्–छोराछोरीबीच भेदभाव, शिक्षामा भेदभाव, लैंगिक विभेद र हिंसा, बालविवाह आदि।’ ‘१० वर्षे पत्रकारितामा कलमको माध्यमबाट सूसुचित गरेँ। अब जनताको नेता भएर विसंगतिविरुद्ध लड्छु,’ उनले अठोट व्यक्त गरिन।

माउन्टेन उच्च मावि (हाल बहुमुमुखी क्याम्पस) मा प्रविणतातह पढ्दापढ्दै  संगीताले पत्रकारितामा डेब्बु गरिन। अहिले स्थानीय सरकारको जनप्रतिनिधिमा।  डडेल्धुरास्थित आफ्नो एफएमबाट पत्रकारिताको करिअर सुरुवात गरेक संगीताले  केही वर्ष रेडियो अमरगढीमा काम गरिन् भने हिलटाइम्स दैनिकमा पनि समाचार लेखिन।

नेपाल पत्रकार महासंघ डडेल्धुराकी सदस्य रहेकी उनी प्रेस चौतारीसँग आवद्ध थिइन्। चाैतारीकाे नेतृ हुँदै पार्टीबाट टिकट पाइन्र, र चुनाव जितिन। अब भने उनले पत्रकारितालाई बिट मारेकी छन्।

‘स्थानीय चुनाव लड्नेले महासंघमा बस्न नपाउने नियम लागू भइसकेपछि म चुनाव लडेकी हुँ। अब दोहोरो भूमिका रहँदैन । र, रहन सकिदैन पनि,’ संगीताले भनिन्।

संगीताले आफूभन्दा करिब दोब्बर उमेरकी कांग्रेसकी उम्मेदवार  पार्वती झुकाललाई पराजित गरेकी हुन्। संगीताले  तीन हजार पाँच सय आठ मत प्राप्त गरिन, भने झुकालले तीन हजार दुई सय आठ मत।   

स्थानीय सरकारप्रतिकाे चाहाना कसरी जाग्यो?

उनी भन्छिन्, ‘समाजको माग हो। मेरो चाहाना बेगर भने होइन्।’   पढेलेखेका र समाजमा केही बुझ्ने व्यक्ति स्थानीय सरकारमा जाँदा केही प्रगति हुन्छ कि भन्ने स्थानीयको अपेक्षालाई पूरा गर्न आफू चुनाव लडेको संगीता बताउछिन्।

१८ वर्षकै उमेरमा विवाहमा जोडिएको संगीताको परिचय पत्रकारबाट ‘न्यायाधीश’मा बदलिएको छ। साथै, छोरी, बुहारी, श्रीमतीको भूमिका पनि उनी कुशलताका साथ निभाइ रहेकी छन्।

प्रधानमन्त्रीको गृहजिल्लामा एमाले विजयी


 

More form the Internet

loading...