Suvadin, Home

संसदको हिउँदे अधिवेशन पुस ११ गतेदेखी हुने

राष्ट्रपति विद्यादेवी भण्डारीले यही पुस ११ गते दिउँसो ४ बजेका लागि संसद अधिवेशन आह्वान गरेकी हुन्।

काठमाडौं, ३ पुस – संघीय संसदको हिउँदे अधिवेशन यही पुस ११ गतेदेखी सुरु हुने भएको छ।

राष्ट्रपति विद्यादेवी भण्डारीले यही पुस ११ गते दिउँसो ४ बजेका लागि संसद अधिवेशन आह्वान गरेकी हुन्।

संविधानको धारा ९३ को उपधारा १ बमोजिम पुस ११ गते संघीय संसदको दुबै सदनको अधिवेशन अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र नयाँ वानेश्वरमा बोलाइएको राष्ट्रपति कार्यालयले जनाएको छ।

संसद सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेले राष्ट्रपति कार्यालयबाट संसद अधिवेशन आह्वानको पत्र आइसकेको बताए।


 

More form the Internet

loading...