Suvadin, Home

#sapana
हत्या भएका श्रीमानको इच्छा पूरा गर्ने सपना छः नवनिर्वाचित उपमेयर राधिका सुनार

२०६३ सालमा साविकको तोली गाविसस्थित तोली माविबाट राधिकाले एसएलसी गरेपछि घर नजिकैको मस्टेश्वरी प्राविमा शिक्षकाको रुपमा काम गरिन्। छाेराछाेरीहरू हुर्कदै गएपनि उनीहरूकाे शिक्षादिक्षाका लागि जागिर छाडेर उनी महेन्द्रनगर अाउनुपर्याे। यता, महेन्द्रनगर आएको एक महिनामा नै श्रीमानकाे हत्या भएकाे खबर पाएपछि भावविहाेल हुदै उनी पुनः बाजुरा फर्किइन्। श्रीमानकाे हत्या भएपछिका एकबर्षमा सम्हालिन् थालेकी राधिकालार्इ श्रीमान रामबहादुरले दिएको योगदानको कदर स्वरूप उपमेयरकाे टिकट दिइएकाे थियाे।
बाजुराको त्रिवेणी नगरपालिकाकाे उपमेयरमा नव निर्वाचित एकल महिला राधिका सुनार।

काठमाडौं, असार २०–  बाजुराको त्रिवेणी नगरपालिकाकाे उपमेयरमा अाइतबार राधिका सुनार निर्वाचित भइन्। नेपाली काँग्रेसकी उम्मेदवार सुनार एकल महिला पनि हुन्। नेकपा एमालेकी पार्वती विष्टलाई पराजित गदैं उपमेयर बनेकी सुनारले ३ हजार ३ सय ९२ मत ल्याएकी थिइन्। 

उपमेयर बनेपछि उनका सपनाका बारेमा शुभदिनसँग कुरा गर्दै उनले अाफु श्रीमानको सपना पुरा उममेयरमा पदमा उठेकाे बताइन्। उनका पति रामबहादुर सुनार नेपाली कांग्रेस बाजुरा जिल्ला कार्य समिति तथा दलित नेटवर्क बाजुराका समेत अध्यक्ष थिए। जसकाे २०७३ साल जेठ १५ गते राती हत्या भएको थियो।

राधिकाले श्रीमानबाटै राजनीतिक बारे जानकारी लिएकाे बताउँदै त्रिवेणी नगरपालिकाका जनताले उपमेयरको उम्मेदवारमा लागि उठ्न आग्रह गरेपछि आफुले जिम्मेदवारी लिने अाट गरेकाे बताइन्। 'गाउकाे विकासका लागि श्रीमानले थुप्रै याेजनाहरू बनाउनु भएकाे थियाे, उहाँकाे हत्यासँगै ती तुहिएर गए,' उनले भनिन्, 'अब यी याेजनाहरू पुरा गरि गाउँगाउमा विकास पुर्याउँने मेराे सपना छ।' 

२०६३ सालमा साविकको तोली गाविसस्थित तोली माविबाट राधिकाले एसएलसी गरेपछि घर नजिकैको मस्टेश्वरी प्राविमा शिक्षकाको रुपमा काम गरिन्। छाेराछाेरीहरू हुर्कदै गएपनि उनीहरूकाे शिक्षादिक्षाका लागि जागिर छाडेर उनी महेन्द्रनगर अाउनुपर्याे। 

यता, महेन्द्रनगर आएको एक महिनामा नै श्रीमानकाे हत्या भएकाे खबर पाएपछि भावविहाेल हुदै उनी पुनः बाजुरा फर्किइन्। श्रीमानकाे हत्या भएपछिका एकबर्षमा सम्हालिन् थालेकी राधिकालार्इ श्रीमान रामबहादुरले दिएको योगदानको कदर स्वरूप उपमेयरकाे टिकट दिइएकाे थियाे।

जसकाे सदूपयाेग गर्दै उपमेयरमा निर्वाचित राधिकाले नगरपालिकाका एकल महिलाका लागि विशेष जिविकोपार्न कार्यक्रम ल्याउने प्रतिबद्धता जनाएकी छिन्। त्यस्तै, बृद्धबृद्धा, असक्त, अपाङहरुका लागि निशुल्क स्वास्थ्य सेवाका लागि पहल गर्ने, छाउपडी र छुवाछुतका लागि जनचेतनामूलक कार्यक्रम गर्ने, नगरपालिका भित्र रहेका अधुरा खानेपानी योजनाहरूलार्इ पुर्णता दिने, नगरपालिका भित्र विधुत लाइनको विस्तार गर्ने लगायत उनका याेजना छन्। 


 

More form the Internet

loading...