Suvadin, Home
जिल्ला मुख्य निर्वाचनको कार्यालयका प्रमुख हरिश्चन्द्र ढुंगाना र सप्तरीका प्रमुख जिल्ला अधिकारी भागिरथ पाण्डे र निर्वाचनमा भाग लिएका विभिन्न राजनीतिक दलका नेता तथा प्रतिनिधिबीचको छलफलपछि दिउँसो १ बजेदेखि मतगणना कार्य शुरु भएको प्रमुख जिल्ला अधिकारी पाण्डेले बताएका छन्।
दाङ–२ को मतगणना। तस्बिरः नारायणी रजौरे/रासस

काठमाडाैं, मंसिर २२ - प्रतिनिधि र प्रदेश सभा निर्वाचनअन्तर्गत सप्तरीमा मतगणना कार्य आज दिउँसो १ बजेबाट शुरु भएको छ। 

जिल्ला मुख्य निर्वाचनको कार्यालयका प्रमुख हरिश्चन्द्र ढुंगाना र सप्तरीका प्रमुख जिल्ला अधिकारी भागिरथ पाण्डे र निर्वाचनमा भाग लिएका विभिन्न राजनीतिक दलका नेता तथा प्रतिनिधिबीचको छलफलपछि दिउँसो १ बजेदेखि मतगणना कार्य शुरु भएको प्रमुख जिल्ला अधिकारी पाण्डेले बताएका छन्।

मतगणना गजेन्द्रनारायण सिंह औद्योगिक क्षेत्रमा भइरहेको छ। साथै, सुरक्षा व्यवस्था समेत कडा बनाइएको छ। मतगणना कार्य सर्वप्रथम सप्तरी निर्वाचन क्षेत्र नम्बर-२ बाट शुरु भएको छ। अन्य निर्वाचन क्षेत्रको पनि  मतगणना शुरु हुने बताइएको छ। 

सप्तरी जिलमा चार प्रतिनिधि सभा र आठ प्रदेश सभाका लागि १ सय ५२ उम्मेदवार रहेका छन्। सप्तरी जिल्लामा बिहीबार सम्पन्न मतदानमा ६० प्रतिशत मतदान भएको थियो। 

सप्तरी निर्वाचन क्षेत्र नम्बर-२ मा संघीय समाजवादी फोरमका उपेन्द्र यादव र नेकपा (माओवादी केन्द्र)का उमेश यादव र स्वतन्त्र उम्मेदवार जयप्रकाश ठाकुरबीच प्रतिनिधि सभा सदस्यका लागि प्रतिस्पर्धा रहेको छ। 
 


 

More form the Internet

loading...