Suvadin, Home

निर्मला हत्या अनुसन्धान : कञ्चनपुर पुगे महानिरीक्षक खनाल

राष्ट्रियसभाको दिगो विकास तथा सुशासन समितिमा निर्मलाको हत्यारा पक्राउ नपर्दा आफुलाई निन्द्रा समेत नपर्ने गरेको बताएका खनालले निर्मला हत्या अनुसन्धान रिपोर्ट आफैले प्रत्यक्ष लिँदै आएका छन्।

काठमाडौं, १५ पुस – प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल निर्मला पन्त बलात्कार–हत्या अनुसन्धानको प्रगति विवरण बुझ्न कञ्चनपुर पुगेका छन्।

प्रहरी नायव उपरीक्षक (डिएसपी) रुगम कुँवर सहितको टिम लिएर आईतबार बिहान महानिरीक्षक खनाल कञ्चनपुर पुगेको प्रहरी महानिरीक्षकको सचिवालयले जनाएको छ।

खनालले केही दिनअघि प्रहरी प्रधान कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा जत्तिसुकै शक्तिशाली भएपनि निर्मलाको हत्यारालाई कारवाही गर्ने प्रतिबद्धता ब्यक्त गरेका थिए।

राष्ट्रियसभाको दिगो विकास तथा सुशासन समितिमा निर्मलाको हत्यारा पक्राउ नपर्दा आफुलाई निन्द्रा समेत नपर्ने गरेको बताएका खनालले निर्मला हत्या अनुसन्धान रिपोर्ट आफैले प्रत्यक्ष लिँदै आएका छन्।

महानगरीय अपराध महाशाखामा कार्यरत डिएसपी कुँवरसहित अपराध अनुसन्धानमा काविल मानिने प्रहरी नायव निरीक्षक (सई) गजेन्द्र रावललाई पनि महानिरीक्षक खनालले निर्मला हत्याको अनुसन्धानमा समावेश गरेका छन्।  

केन्द्रीय अनुसन्धान ब्युरोका प्रमुख डिआईजी निरज शाही नेतृत्वको जम्बो टोलीले निर्मला पन्त बलात्कार–हत्याबारे लामो समयदेखी अनुसन्धान गरिरहेको भएपनि नतिजा आउन नसकेको अवस्थामा खनाल अनुसन्धानको प्रगति विवरण बुझ्न कञ्चनपुर पुगेका हुन्।


 

More form the Internet

loading...