Suvadin, Home

बहुमत आउने गरी चुनावमा लाग्नुस्ः शशांक कोइराला

पाली कांग्रेसका महामन्त्री शशांक कोइरालाले पार्टीको पक्षमा स्पष्ट बहुमत प्राप्त हुने गरी स्थानीय तहको निर्वाचनमा खटिन कार्यकर्तालाई निर्देशन दिएका छन्। आइतबार घोराहीस्थित नेपाली कांग्रेस दाङको पार्टी कार्यालयमा कार्यकर्ताहरुलाई सम्बोधन गर्दै उनले पार्टीभित्र मनभेद र मतभेद रहेपनि यसलाई बिर्सिएर बहुमत आउने गरी खटिन निर्देशन दिएका हुन्।
कार्यक्रममा सहभागी नेता-कार्यकर्ता। तस्बिर : शुभदिन

दाङ, फागुन १५- नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालाले पार्टीको पक्षमा स्पष्ट बहुमत प्राप्त हुने गरी स्थानीय तहको निर्वाचनमा खटिन कार्यकर्तालाई निर्देशन दिएका छन्।

आइतबार घोराहीस्थित नेपाली कांग्रेस दाङको पार्टी कार्यालयमा कार्यकर्ताहरुलाई सम्बोधन गर्दै उनले पार्टीभित्र मनभेद र मतभेद रहेपनि यसलाई बिर्सिएर बहुमत आउने गरी खटिन निर्देशन दिएका हुन्।

‘गुट–उपगुटले पार्टीलाई ध्वस्त पार्छ, त्यसैले तपाईहरु गुट–उपगुट छाडेर स्थानीय तहको चुनावमा लाग्नुस्,’ उनले थपे, ‘कसरी बहुमत प्राप्त हुन्छ, त्यसैमा लाग्नुहोस्।’ 

पार्टी नेतृत्वका केही कमजोरी रहेपनि यतिबेला त्यसमा लाग्नु भन्दापनि चुनाव सफल पार्नका लागि कांग्रेस कार्यकर्ताले लाग्न जरुरी रहेको उनले बताएका छन्।

‘चुनावको मिति घोषणा भइसकेको छ, अब विगतका तिक्तता बिर्सिएर चुनावको तयारी खट्नुहोस्,’ उनले थपे, ‘जति नै चुनावको रट लगाएका भएपनि पराजित हुने डरका कारण एमाले र माओवादीले आजपनि भित्रि मनबाट चुनाव चाहेका छैनन्।’

त्यसैले घोषित निर्वाचन सफल पारेर उपलब्धी रक्षा र संविधानको व्यावहारिक कार्यान्वयनमा सघाउने गरी चुनावको माहोल निर्माण गर्नुपर्ने उनको धारणा छ। १९ वर्षपछि स्थानीय तहको निर्वाचन हुन लागेकोमा खुसी व्यक्त गरेका महामन्त्री कोइरालाले निर्वाचनमा कांग्रेस सबैभन्दा ठुलो पार्टी हुने दावी गरेका छन्।

आगामी माघ सात गतेभित्रै तीन चरणको निर्वाचन सकेर देशलाई समृद्धिको मार्गमा लैजान गुरुयोजना बनाएर अघि बढ्न जरुरी रहेको उनले बताएका छन्।


 

More form the Internet

loading...