Suvadin, Home

Cover Image

'शंकर कोइराला स्मृति पुरस्कार’ खनाललार्इ
नेपाली साहित्यमा श्रष्टा धेरै भएपनि मेहनत पुगेनः सत्यमाेहन जाेशी

साहित्यकार तिलकप्रसाद शर्मा खनाल (भाउपन्थी)लाई आख्यानकार ‘शंकर कोइराला स्मृति पुरस्कार’ प्रदान गर्दै जाेशीले नेपाली साहित्य क्षेत्रमा प्रतिभावान श्रष्टाहरु धेरै भएपनि उनीहरुको परिश्रम र मेहनत अझै अपुग रहेको टिप्पणी गरेका छन्।
शताब्दी पुरुष एवम् संस्कृतिविद् सत्यमोहन जोशी।

काठमाडौं, कात्तिक २२ – शताब्दी पुरुष, संस्कृतिविद् सत्यमोहन जोशीले नेपाली कृतिलाई विभिन्न भाषामा अनुवाद गरेर विश्वबजारमा पुर्याउनु पर्नेमा जाेड दिएका छन्।

साहित्यकार तिलकप्रसाद शर्मा खनाल (भाउपन्थी)लाई आख्यानकार ‘शंकर कोइराला स्मृति पुरस्कार’ प्रदान गर्दै जाेशीले नेपाली साहित्य क्षेत्रमा प्रतिभावान श्रष्टाहरु धेरै भएपनि उनीहरुको परिश्रम र मेहनत अझै अपुग रहेको टिप्पणी गरेका छन्। 

भाषिक अनुवादलार्इ प्राथमिकता दिनसके नेपाली पुस्तकले नोबेल पुरस्कार जित्न सक्ने बताउँदै जाेशीले साहित्य सिर्जनाको शक्ति भएकाले उल्लेख गरेका छन्।

जाेशीले साहित्यकार शंकर कोइरालालार्इ अध्ययनशील, मेहनती र सिर्जनशील साहित्यकारका रुपमा स्मरण गरेका छन्। पुरस्कृत साहित्यकार खनालले साहित्यकाे अध्ययन र विकासमा युवा समर्पित हुनुपर्नेमा जाेड दिएका छन्।

दायित्व वाङ्गमय प्रतिष्ठानका अध्यक्ष रामप्रसाद पन्त, सल्लाहकार रामप्रसाद दाहाल, समालोचक कृष्णचन्द्र शर्मा लगायतले आख्यानकार कोइरालाको व्यक्तित्वमाथि प्रकाश पारेका थिए।

‘शंकर कोइराला स्मृति पुरस्कारको राशी १० हजार रुपैयाँ र सम्मानपत्र रहेको छ। उपन्यास, नाटक, कथा आदि गरी ५१ वटा कृति प्रकाशित गरेका कोइरालाले वि.सं. २००३ देखि ५१ वर्ष साहित्य सेवा गरेका थिए। काेइराला निधन ६७ वर्षको उमेरमा वि.सं. २०५४ मा भएको थियो।


 

More form the Internet

loading...