Suvadin, Home

ढुक्क भएर मतदानमा सहभागी हुन अनुराेध
यस्तो छ निर्वाचनकाे सुरक्षा तयारी

निर्वाचन लक्षित गरेर केन्द्रीय, क्षेत्रीय र स्थानीय सुरक्षा योजना अन्तर्गत नै गृह प्रशासनले काम गरिरहेको उल्लेख गर्दै गृहसचिव रेग्मीले भने, ‘तीन घेरामा सुरक्षा निकायहरुलाई खटाईनेछ, पहिलो घेरामा नेपाली प्रहरी, दोस्रो घेरामा सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धानलाई राखिएको छ भने टाढा बसेर सुरक्षाको निगरानीमा नेपाली सेनालाई राखिनेछ।’ निर्वाचनका लागि सरकारले मतदान स्थल, मतदान केन्द्रमा पनि विभिन्न क्लष्टर बनाएको छ। उक्त क्लष्टर बमोजिम नेपाल प्रहरीको मोबाइल टिम, सशस्त्रको मोबाइल टिम। त्यसैगरी नेपाल प्रहरीको स्ट्राइक टिम र सशस्त्र प्रहरीको स्ट्राइक टिम खटाइने सरकारको तयारी छ। 
नेपाली सेना र प्रहरी। फाइल फाेटाे।

काठमाडाैं, वैशाख ३० - शनिबार हुने स्थानीय तहको पहिलो चरणको निर्वाचनका लागि सरकारले कडा सुरक्षा व्यवस्था अपनाएकाे छ। गृहमन्त्रालयले निर्वाचनमा अपनाइने सुरक्षा व्यवस्थाको तयारी पूरा हुनुका साथै सुरक्षा निकायका अंग तयारी अवस्थामा रहेको जनाएको छ। 

गृहसचिव लोकदर्शन रेग्मीले राजधानीमा आयोजित एक कार्यक्रममा सरकारले शान्ति सुरक्षाको व्यवस्था गरेकाले ढुक्क भएर मतदानमा सहभागी हुन मतदातालाई आग्रह गरेका छन्। 

पहिलो चरणको निर्वाचनको सम्पूर्ण तयारी पुरा भएको र मतदाताको सुरक्षाको प्रत्याभूति हुने गरी तयारी भएकाे रेग्मीले बताए। ‘सरकारले सुरक्षाको सम्पूर्ण प्रत्याभूति गरिसकेको छ,’ रेग्मीले भने, ‘हामीले यो चुनावको लागि तीन तहको बलियो घेरामा सुरक्षाको प्रबन्ध मिलाएका छौं, कुनैपनि अप्रिय घट्ना नहोस् भनेर गृह प्रशासन निकै गम्भीरताका साथ रातदिन नभनी काम गरिरहेको छ।’

सचिव रेग्मीले निर्वाचन लक्षित गरेर केन्द्रीय, क्षेत्रीय र स्थानीय सुरक्षा योजना अन्तर्गत नै गृह प्रशासनले काम गरिरहेको उल्लेख गरे। ‘तीन घेरामा सुरक्षा निकायहरुलाई खटाइनेछ, पहिलो घेरामा नेपाली प्रहरी, दोस्रो घेरामा सशस्त्र प्रहरी र राष्ट्रिय अनुशन्धानलाई राखिएको छ भने टाढा बसेर सुरक्षाको निगरानीमा नेपाली सेनालाई राखिनेछ,’ उनले भने। 

निर्वाचनका लागि सरकारले मतदान स्थल, मतदान केन्द्रमा पनि विभिन्न क्लष्टर बनाएको छ। उक्त क्लष्टर बमोजिम नेपाल प्रहरीको मोवाईल टिम, सशस्त्रको मोबाइल टिम, त्यसैगरि नेपाल प्रहरीको स्ट्राइक टिम र सशस्त्र प्रहरीको स्ट्राइक टिम खटाउने सरकारको तयारी छ। 

त्यस्तै, नेपाली सेनाले स्थलगत निरीक्षण गर्ने र अतिसंवेदनशिल स्थानरमा हवाईजहाजमार्फत् नेपाली सेनालाई खटाउने सचिव रेग्मीले जनाए। ‘सरकारको सुरक्षा योजनामा मतदाताहरुले मत हाल्ने आउनेदेखि लिएर मत हालेर घर फर्किउनजेलसम्म पनि सुरक्षित व्यवस्था मिलाएका छौ, रेग्मीले भने, ‘पैदलमार्गमा नेपाली सेनाले गस्ती गरिरहेको हुनेछ।’

 

 

 


 

More form the Internet

loading...