Suvadin, Home

Cover Image

सभामुखलाई हाम्रो पूरापुर साथ र सहयोग छ : देउवा

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति एवम् संसदीय दलका नेता शेरबहादुर देउवाले नवनिर्वाचित सभामुख अग्नि प्रसाद सापकोटालाई सफल कार्यकालको शुभकामना दिँदै आफ्नो पार्टीको तर्फबाट पूरापुर सहयोग रहने बताएका छन् । 

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति एवम् संसदीय दलका नेता शेरबहादुर देउवाले नवनिर्वाचित सभामुख अग्नि प्रसाद सापकोटालाई सफल कार्यकालको शुभकामना दिँदै आफ्नो पार्टीको तर्फबाट पूरापुर सहयोग रहने बताएका छन् । 

प्रतिनिधिसभाको बैठकमा सभामुखलाई शुभकामना दिन विपक्षी दलको नेताको तर्फबाट सम्बोधन गर्दै सभापति देउवाले उक्त कुरा बताएका हुन् । 

‘रस्साकस्सीको बावजुद, मुस्किल मुस्किलले सभामुखमा चयन हुनुभएकोमा सभामुखज्यूलाई हादिृक बधाई ज्ञापन गर्न चाहन्छु । तपाईको सफल कार्यकालको लागि पूरापूर सहयोग हुनेछ । सभामुखमा हामीले उम्मेद्धवार उठाएनौं । पहिलेपनि उठाएका थिएनौं । सभामुख पद तटस्थ पद हो । दमननाथ ढुंगानाले सदन विपक्षीको हो भनेर सम्झाउनुभएको छ । यो कुरा तपाईले ध्यान दिनुहोस् । तटस्थ, निश्पक्ष हो । सत्तापक्षको आलोचना गर्ने दायित्व विपक्षीको हो,’ उनले भने ।

सभापति देउवाले सरकारले ल्याउन खोजेको केही विद्येयकहरु प्रतिकुल रहेको बताउँदै ती विद्येयकहरु ल्याउन नहुने जिकिर गरे । उनले भने, ‘हाम्रो यसमा पहिल्यैदेखि विरोध छन् । बिना प्रेस स्वतन्त्रता, मानवअधिकार, लोकतन्त्र र प्रजातन्त्र सफल हुँदैन् । प्रेसमाथि नियन्त्रण भयो भने प्रजातन्त्रमा असर पर्छ । प्रतिकुल विद्येयकहरु ल्याउनुहुँदैन् । मानवअधिकार, नागरिक सुरक्षा । व्यक्तिगत स्वतन्त्रताजस्ता कुराहरु, कहिल्यै नभएका कुरा नेपालमा आउन थालेका छन् । मैले सम्झाएको हो । पास गर्न दिनुहुँदैन। पास गर्न दिनुहुँदैन् । विपक्षीलाई विश्वासमा लिनुपर्छ ।’
 


 

More form the Internet

loading...