Suvadin, Home

बिपीको समाजवादलाई विस्तार गर्नुपर्छ: महामन्त्री डा.कोईराला

महामन्त्री डा.कोइरालाले पार्टी सभापति र प्रधानमन्त्रीको मोहभन्दा पनि आफूले समाज रुपान्तरणको कडी बन्न चाहेको उल्लेख गर्दै मुलुकलाई परिर्वतन गर्न समाज परिर्वतनको खाँचो रहेको बताए। कांग्रेसले जनताको माग र चाहनाअनुसार आफूलाई परिमार्जन गर्नुपर्नेमा जोड दिदैं उनले अहिलेको सरकारले जनचाहनाअनुसार काम गर्न नसकेकाले मुलुकमा अराजकता बढेको आरोप लगाए।

स्याङजा, २४ असोज – नेपाली कांग्रेसका महामन्त्री डा.शशाङ्क कोइरालाले बिपीको समाजवादलाई विस्तार गर्नुपर्ने बताएका छन्। स्याङजाको चापाकोटमा आज आयोजित कार्यक्रममा उनले भने, 'मुलुकको विकास र समृद्धिका लागि बिपीको समाजवादलाई विस्तार गर्नुपर्ने आजको आवश्यकता हो।' 

महामन्त्री डा.कोइरालाले पार्टी सभापति र प्रधानमन्त्रीको मोहभन्दा पनि आफूले समाज रुपान्तरणको कडी बन्न चाहेको उल्लेख गर्दै मुलुकलाई परिर्वतन गर्न समाज परिर्वतनको खाँचो रहेको बताए। कांग्रेसले जनताको माग र चाहनाअनुसार आफूलाई परिमार्जन गर्नुपर्नेमा जोड दिदैं उनले अहिलेको सरकारले जनचाहनाअनुसार काम गर्न नसकेकाले मुलुकमा अराजकता बढेको आरोप लगाए। 

महामन्त्री डा. कोइरालाले कांग्रेसले सात सालदेखि प्रजातन्त्रको लागि लड्दै आएको उल्लेख गर्दै पार्टी सङ्गठन निर्माणमा लाग्न कार्यकर्तालाई आग्रह गरे। 


 

More form the Internet

loading...