Suvadin, Home

गुटबन्दी अन्त्य गरी काँग्रेसलाई बलियो बनाउनुपर्छः महामन्त्री कोइराला

नेपाली काँग्रेसका महामन्त्री डा शशांक कोइरालाले पार्टी एकढिक्का भए काँग्रेसलाई कसैले पनि पराजित गर्न नसक्ने बताएका छन्। कोइरालाले वर्तमान अवस्थामा पार्टीभित्र आन्तरिक एकताको खाँचो रहेको आवश्यकता औँल्याएका छन्।
नेपालगञ्जको सदरलाइन क्षेत्र विस्तार गरिँदै।

काठमाडौं, २६ असार – नेपाली काँग्रेसका महामन्त्री डा शशांक कोइरालाले पार्टी एकढिक्का भए काँग्रेसलाई कसैले पनि पराजित गर्न नसक्ने बताएका छन्। 

सुशील कोइराला सोसलिष्ट युथ सर्कलले आज यहाँ आयोजना गरेको विचार गोष्ठीमा कोइरालाले वर्तमान अवस्थामा पार्टीभित्र आन्तरिक एकताको खाँचो रहेको आवश्यकता औँल्याएका छन्। 

महामन्त्री डा. कोइरालाले आफू सधैं गुटबन्दी अन्त्य गर्दै बलियो काँग्रेस बनाउने पक्षमा रहेको र त्यसका लागि प्रयास गरिरहेको बताए। 

कार्यक्रममा पार्टीका केन्द्रीय सदस्यहरु गुरुराज घिमिरे र शंकर भण्डारीले सरकारले अधिनायकवादतर्फ जाने संकेत देखाइरहेको भन्दै त्यसको प्रतिवाद गर्न सक्ने गरी काँग्रेसलाई सशक्त बनाउनुपर्नेमा जोड दिए। 

कार्यक्रममा नेपाल विद्यार्थी संघका अध्यक्ष नैनसिंह महर, उपाध्यक्ष उर्मिला थपलिया, उपाध्यक्ष सागर परियार, महामन्त्री आनन्द त्रिपाठी, पूर्व महामन्त्री गजेन्द्र कार्की, पूर्व केन्द्रीय सदस्य सन्तोष पाण्डे लगायतले अहिले काँग्रेस गुटबन्दीका कारण थला परेको भन्दै त्यसबाट पार्टीलाई मुक्त गर्न सबै एक हुनुपर्नेमा जोड दिएका छन्।


 

More form the Internet

loading...